कांग्रेस सरकारमा जाँदैन – महामन्त्री कोइराला

रासस
चितवन, माघ २ गते । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्नुहुँदै उहाँले भन्नुभयो “निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।” यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो “अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन ।” कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले अहिले कांग्रेस सरकारमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले तीन वर्ष छ महिनासम्म केही गर्न सकेन । त्यसको अवजस लिन कांग्रेस सरकारमा जाँदैन ।”

Advertisment