पोखरा, १० माघ । पोखरा–१३ स्थित आर्बाको धार्मिक एवं पर्यटकीय स्थल महाप्रभु धाम रतनपाण्डे पर्यटकीय विकास समितिमा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार महाप्रभु धाममा सम्पन्न स्थानीयको भेलाले धार्मिक व्यक्तित्व धर्मराज बरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नवराज बराल र कृष्णकुमारी बराल चयन भएका छन् । त्यस्तै समितिको महासचिवमा सूर्यप्रसाद बराल, सचिवमा भोजराज बराल, सह सचिवमा जगदीश बराल, कोषध्यक्षमा बुद्धिप्रकाश बराल रहनुभएको छ ।
समितिको सदस्यहरुमा रामकुमारी पौडेल, कृष्णप्रसाद बराज, भोजराज बराल, लक्ष्मी बराल, सकुन्तला परियार र सामुदायिक वनका एक प्रतिनिधि रहेको जानकारी निर्वाचन समितिका सदस्य शिरोमणि बरालले दिनुभयो । साथै पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्षसहित सबै सदस्य समितिको पदेन सदस्य रहने बताइएको छ ।
त्यसैगरी समितिको सल्लाहकारमा तोयानाथ बराल, बिष्णुप्रसाद बराल (मूर्तिकार) बिष्णुप्रसाद बराल, लिलादत्त बराल, दुर्गा बराल (वात्सायन), चित्राङ्गत बराल, शिरोमणि बराल, चिन्तामणि बराल, मुनीन्द्र जंङ गुरुङ रहेका छन् ।
भेलामा महाप्रभु धामलाई धार्मिक पर्यटकीय रुपमा विकास गर्नका लागि सामूहिक प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । उक्त अवसरमा स्थानीय राजनीतिज्ञ तथा समाजसेवी किशोरदत्त बराल, बसन्त अधिकारी, बिष्णुप्रसाद बराल, शरदचन्द्र बराल, सूर्यप्रसाद बराल, स्थानीय योगनाथ बराल, नवराज बराल, चित्राङ्गत बराल, शिरोमणि बराल, बिष्णुप्रसाद बराल, बुद्धिप्रकाश बराल लगायतले महाप्रभु धामलाई धार्मिक पर्यटकीय रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
पोखरा– १३ आर्बा स्थित महाप्रभु धामको अध्यक्षमा धर्मराज बराल
January 23, 2021
1004
Advertisment




