आईपीएलको आगामी संस्करण चैत्त २७ गतेदेखि हुने

काठमाडौं, फागुन २३ गते । इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करण चैत्त २७ गतेदेखि हुने भएको छ । प्रिमियर लिगका खेल भारतका प्रमुख शहर अहमदाबाद, बेंगलुरु, चेन्नई, देल्ही, मुम्बई र कलकत्तामा हुनेछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआइ)ले प्रिमियर लिगको आगामी संस्करण चैत्त २७ गते चेन्नईबाट सुरु हुने जनाएको छ । उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लौरबीच स्पर्धा हुनेछ । जेठ १७ गते प्रिमियर लिगको आगामी संस्करणको उपाधिको लागि स्पर्धा हुनेछ । उक्त स्पर्धा विश्वकै सबैभन्दा ठूलो अहमदाबादस्थित नरेन्द्र मोदी रङशालामा हुने बीसीसीआईले जनाएको छ ।
लिग चरणमा प्रत्येक टोलिले चार क्रिकेट मैदानमा खेल्नेछ । लिग चरणमा कुल ५६ खेल हुनेछ । कलकत्ता, मुम्बई, चेन्नई र बेंग्लौर गरी चारवटै रङशालाले दश दश खेल आयोजना गर्नेछ । अहमदाबाद र देल्हीले आठ आठ खेल आयोजना गर्नेछ ।
लिगको सबै खेल तटस्थ भूमिमा खेलाइनेछ । कुनै टोलिले घरेलु मैदानमा खेल्न पाउने छैन् । बीसीसीआईले आईपीएलको पछिल्लो संस्करण यूएईमा खेलाडीको स्वास्थ्य सुरक्षामा ध्यान दिएर सफलतापूर्बक आयोजना गरेकोबाट सिक्दै खेलाडीको स्वास्थ्य सुरक्षा उच्च प्राथमिकतामा हुने जनाएको छ ।

Advertisment