पोखरा, १३ बैशाख
तमु धिं नेपालस्थित तमु धिं साँस्कृतिक भवनदाता बरिष्ठ समाजसेवी मेजर जयबहादुर गुरुङ(एम भी ओ, एम भि ई) को ८३ वर्षको उमेरमा आज सोमबार बिहान
भएको छ।
तमु धिं नेपालका परम संरक्षक गुरुङ केही समय अघि देखि अस्वस्थ्य भई काठमाडौंमा उपचार पश्चात पोखरा ९ नयाँबजारस्थित निवासमा बिहान करिब ७ः२० बजे निधन भएको हो। उहाँको मंगलवार अपरान्ह ३ बजे शबयात्रासहित बौद्ध अर्घौ सदन रामघाटमा अन्त्येष्टि गरिने ब्रेज मेश्रो घान्द्रुक समाज पोखराका अध्यक्ष सुवेदार सुदर्शन गुरुङले जानकारी दिनुभयो।
घान्द्रुक गाँउ भई पोखरा नयाबजार निवासी अत्यन्तै परिश्रमी, इमान्दार, अनुशासित, अन्र्तमुखी स्वभाव, कोमल मनका स्वर्गीय गुरुङ गाँउको विकास, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, समाजभवनहरु, बृद्धाश्रम, मठमन्दिर, गुम्बा विकासका साथै दीन दुःखीका सहयोगी हुनुहुन्थ्यो।
गोर्खाजका छोरा प्ल्धिीं प्ल्हने भाई खलकका संस्थापक अध्यक्ष जयबहादुर गुरुङ ब्वाइजमा भर्ती पल्टनमा उत्कृष्ट हुदै गोर्खा मेजरको दर्जामा निवृत्त भई तमु धिं नेपाललाई २०५७ सालमा १७ लाख ५ हजारको लागतमा तमु धिं साँस्कृतिक भवन निर्माण गरिदिनुभएको हो। तमु धिं नेपालका परम संरक्षक समेत रहनुभएका गुरुङले करोडौं रुपैया विभिन्न सामाजिक, शैक्षिक, साँस्कृतिक, सेवामुलक संस्थाहरु, गाँउ, सडक, खानेपानी, स्वास्थ्य क्षेत्रमा सहयोग गर्नुभएको ब्रेज मेश्रों घान्द्रुक तमु समाज पोखराका निवर्तमान अध्यक्ष हितकाजी गुरुङले जानकारी दिनुभयो।
धर्मपत्नी रुपकुमारी गुरुङको साथले सेवामा जुट्नु भएका स्वर्गीय गुरुङको दुई सन्तान एक छोरा एक छोरी रहेकाछन्।
यसैविच तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ शोक वक्तव्य जारी गर्दै संस्थाका परम संरक्षक, तमु धिं साँस्कृतिक भवनदाता वरिष्ठ समाजसेवी मेजर जयबहादुर गुरुङको निधनले तमु धिं नेपालले असल अभिभावक गुमाउनुका साथै अपुरणीय क्षति पुगेको बताएको छ। तमु धिंले स्वर्गीय गुरुङप्रति भावपुर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेकोछ।
तमु धिंका भवनदाता बरिष्ठ समाजसेवी मेजर जयबहादुर गुरुङको निधन
April 26, 2021
722
Advertisment

