नौ हजार २३ थपिए, दुई हजार ९०५ कोरोनामुक्त, ५० को मृत्यु

काठमाडौं, वैशाख २४ गते । नेपालमा कोरोनाभाइरसका नौ हजार २३ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ७७ हजार ६०३ पुगेको जनाएको छ ।

मन्त्रालयले सोही अवधिमा ४९५ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १७३ जनामा पोजेटिभ पाइएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ९०५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने दुई लाख ९५ हजार ३९५ पुगेको छ । कोरोनाबाट निको हुने दर ७८.२ प्रतिशतमा झरेको छ ।
मन्त्रालयका अनुसार हाल ७८ हजार ६२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । त्यसैगरी, हाल ३८० जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५० जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म तीन हजार ५७९ जनाको मृत्यु भइसकेको छ ।
गोरखापत्र अनलाइनबाट

Advertisment