कांग्रेसलाई काेराेनाकाे तेश्राे लहर ल्याउन दाेष आउनसक्ने, महाधिवेशनकाे विकल्प खाेज्न बैठक

काठमाडौं । बिज्ञहरु मात्र नभई स्वयं स्वास्थ्य मन्त्रालयले समेत काेभिड- १९ काे तेश्राे लहर आउनसक्ने अनुमान गर्दै सातै प्रदेशलाई अक्सिजन सिलिण्डर भरेर राख्न निर्देशन जारी भईसकेकाे अवस्थामा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनकाे तिथि मितिमा रस्साकस्सी भईरहकाे देखिन्छ ।

केपि ओली प्रधानमन्त्री निवास बाट वहांकाे बालकाेट निवास जांदा समर्थक युवाहरुले माेटरसाईकल,गाडी सहितकाे तामझाम गरेर जांदा काेराेना फैलाउन सक्ने भनी निक्कै आलाेचना भएकाे थियाे ।
त्यसाे त कांग्रेसकाे महाधिवेशनमा कम्तीमा एक लाख मानिस काठमाडौं उत्रिने हुंदा समय हुंदा माैन बस्ने तर अहिले महामारी चलिरहंदा किन महाधिवेशन भनेर नागरिककाे स्वस्थ्यमा गम्भीर खेलवाड गर्न खाेजेकाे भनी आलाेचना सुरु भएकाे छ ।

केहि दिन पहिला कांग्रेस निकट वकिलहरु संग सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पाैडेलले परामर्श गर्दा पार्टी बैधानिकता कायम राख्नका लागि महाधिवेशनकाे विकल्प कानुनी रुपमा अरु पनि रहेकाे सल्लाह दिएपछि नेताहरुले बिकल्पमा भित्र भित्रै सल्लाह भईरहेकाे बताइन्छ ।

कांग्रेसकाे बिधान अनुसार ७ तहकाे निर्वाचन गर्दा झण्डै आम निर्वाचन गरे झैं नै हुने हुंदा अरु विकल्पका बाटाेहरु राेज्न पदाधिकारी छलफल गर्न आज बैठक बस्दैछ ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने पदाधिकारी बैठक महाधिवेशनमा केन्द्रित हुने नेताहरुकाे भनाई रहेकाे छ ।
क्रियाशील सदस्यता विवादका कारण कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता धर्ना र आमरण अनसनमा बसिरहेकाे छ । कांग्रेसले क्रियाशील सदस्यता विवाद हालसम्म हल गर्न सकेको छैन ।
आजको बैठकमा रमेश लेखक नेतृत्वमा रहेको केन्द्रीय क्रियाशील छानबिन समितिले अधुराे प्रतिवेदन बुझाउने बताइएको छ । देशभरका १२५ वडामा क्रियाशील सदस्यता विवाद रहेको छ ।
साउन १२ गतेका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ । यद्यपि, केन्द्रीय अधिवेशन भने निर्धारित मितिमै गर्ने कांग्रेस नेताहरुले बताउन भने छाडेकाे देखिंदैन । २०७८/४/१२

Advertisment