२४ घण्टामा एक हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, भदौ ७ गते । पछिल्लो २४ घण्टामा एक हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ७०४ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, दुई हजार ६२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२४ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ पुगेको छ ।
सङ्क्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ ।
हाल सम्म देशभर दश हजार ५३३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
नेपालमा अहिलेसम्म ९३.५ प्रतिशत सङ्क्रमणमुक्त भएकाे समेत मन्त्रालयकाे बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

Advertisment