आठ हजार ५४ जना सङ्क्रमित, दुई हजार ५४० निको, चारको मृत्यु

८२ हजार ५५० जना सक्रिय सङ्क्रमित
काठमाडौं, माघ १० गते । पछिल्लो २४ घण्टामा आठ हजार ५४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १६ हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, चार हजार ५४७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार २६५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.७ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ५४० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा चार जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, मुलुकमा हालसम्म ८२ हजार ५५० जना सक्रिय सङ्क्रमित रहेका छन् । साथै पछिल्लो २४ घण्टामा एक लाख १९ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

साभार : गोरखापत्र अनलाईन

Advertisment