लागु औषध सहित ६ जना पक्राउ

पोखरा । फागुन २, जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न स्थानबाट लागू औषध सहित ६ जना पक्राउ गरेको जनाएको छ । बिज्ञप्तिमा तपसिल उल्लेख गरिएको छ ।
मिति २०७८।११।०१ गते जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न स्थानबाट लागू औषध सहित ६ जना मानिसहरुलाई पक्राउ गरेको छ ।

1. जिल्ला कास्की पोखरा महागनरपालिका वडा नं.०१ सिमपानीबाट ऐ.ऐ. बस्ने वर्ष ३८ का पुर्ण बहादुर जलारी र ऐ.१७ छोरेपाटन बस्ने वर्ष ३१ का सुर्य बहादुर थापाको साथबाट लागू औषध फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाईजापाम ७० एम्पुल गरी जम्मा २०९ एम्पुल लागू औषध, सहित फेला पारी लागू औषध मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
2. जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१७ घारीपाटनबाट ऐ.ऐ. बस्ने वर्ष १९ को प्रशन भण्डारी, ऐ.ऐ. बस्ने वर्ष १९ को अनिस सुनार, ऐ.ऐ. वडा नं.१५ नयागाउँ बस्ने वर्ष २१ को बिकास नेपाली र जिल्ला स्याङजा बिरुवा गा.पा. वडा नं.०८ घर भई हाल कास्की जिल्ला पोखरा म.न.पा. वडा नं.१५ नयागाउँ बस्ने वर्ष २१ को बिशाल गुरुङ समेतको साथबाट लागू औषध NITRAVAT-10 लेखिएको २१० (दुई सय दश) ट्याबलेट र लागू औषध गाँजा ७९० ग्राम सहित फेला पारेको हुँदा निजहरूलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।
उल्लेख गरिएको छ ।
फोटो : जिप्रका कास्की

Advertisment