नेपाली कांग्रेस गण्डकीको बैठक सम्पन्न, संसदिय समिती गठन, चुनाबी तालमेल देखि प्रचार तथा अनुगमन समिती समेत गठन

पोखरा । चैत २५, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितीको पुर्ण बैठकले आगामी बैशाख ३० गते हुने स्थानिय निर्बाचनमा प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सत्तारुढ गठबन्धनसंग तालमेल गर्नका लागी केन्द्रिय परिपत्र अनुसार बार्ता समिती गठन गरेको छ । गठबन्धनमा रहेका दलहरुसंग यसअघि भएका दुई चरणमा भएको बार्तालाई केन्द्रिय समितीमा समेत जानकारी गराउने निर्णय भएको गण्डकी प्रदेशका पार्टी प्रवक्ता माधब प्रसाद बास्तोला मधुले जानकारी दिएका छन ।
यसैगरि बैठकले सभापति शुक्रराज शर्माको प्रस्तावमा सात जना नेतालाई प्रदेश संसदिय समितिको सदस्यमा मनोनित गरिएको छ ।
मनोनित हुनेहरुमा पर्वतका अर्जुन जोशी र मीना केसी, कास्कीका माधव बाँस्तोला मधु, गोरखाका पूर्णबहादुर दाहाल, नवलपुरका द्रोणवन सन्यासी, बाग्लुङका ईन्द्रप्रसाद पौडेल र स्याङ्जाका खुमबहादुर गुरुङ रहेका छन् । नौ सदस्यीय समितिमा दुई जना मनोनित हुन बाँकी छ भने पार्टीका पदाधिकारीहरु संसदीय बोर्डको पदेन सदस्य रहने प्रावधान रहेको छ । जोशी सभापतिमा शर्मा संग प्रतिस्पर्धा गरेका थिए भने बास्तोला पार्टीको प्रदेश प्रवक्ता हुन ।

त्यसैगरि बैठकले पार्टीलाई बिजय गराउन का लागी ब्यवस्थितरुपमा प्रचार प्रसार अभियान सञ्चालन गर्ने र त्यसका लागी महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा गण्डकी प्रदेश स्तरिय प्रचार तथा अनुगमन समिती गठन गरिएको र अन्य सदस्य तथा पदाधिकारी सभापती शर्माले छि६टै मनोनित गर्ने भएको छ ।
बैठकले महामन्त्री बिष्णु प्रसाद लामिछानेको संयोजकत्वमा तयार गरिएको प्रदेश निति निर्माण समितीबाट तयार गरिएको स्थानिय निर्बाचन केन्द्रित तयार गरिएको निति बैठकमा पेश भई आवश्यक अध्ययन गरि अन्तिमरुप दिन पदाधिकारीलाई जिम्मा दिने निर्णय गरेको छ ।
बैठकले पदाधिकारी तथा सदस्यहरुलाई लेबी तोकिएको र मासकिरुपमा पद अनुसारको लेबी तोकिएको प्रबक्ता माधब बास्तोलाले जानकारी दिएका छन । बैठकमा यस अधि पार्टीको बिधान अनुसार प्रदेश कार्य समिती र बिभिन्न पदहरुमा गरिएको मनोनितलाई अनुमोदन गरेको छ ।
बैठकले पार्टीको हरहिसाबलाई चुस्त राख्नका लागी कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठको हस्ताक्षर अनिबार्य र महामन्त्री किरणबावु श्रेष्ठ र बिष्णु लामिछाने मध्ये एकको हस्ताक्षर रहने गरि बैंक खाता सञ्चालन गर्ने निर्णय समेत गरिएको प्रबक्ता बास्तोलाले जानकारी दिएका छन ।

Advertisment