पोखरा १४ मा कांग्रेसको प्रचारप्रसार समिति गठन

पोखरा, १३ बैशाख,

नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन पोखरा १४ मा प्रचारप्रसार समिति गठन भएको छ ।

मंगलबार भएको कांग्रेस नेता कार्यकर्ताको भेलाले पोखरा १४ का सभापति दिवश कुवँरको संयोजकत्वमा ११ सय २१ जना सदस्य रहेको मुल प्रचारप्रसार समिति गठन गरेको हो । भेलाले विभिन्न उपसमिति समेत गठन गरेको छ । जस मध्ये युवा तथा तरुण तर्फ उपसमिति मा तरुन दलका अध्यक्ष सैलेश बानिया, टोल कार्य उपसमितिमा मोति बहादुर बानियाँ, अर्थ परिचालन उपसमितिमा लक्ष्मण भण्डारी क्षेत्री, कार्यक्रम तयारी उपसमितिमा किरण अधिकारी र भातृ सङगठन परिचालन उपसमितिमा बिष्णु पोखरेललाई संयोजक तोकेको छ ।

त्यसैगरी मिडिया समाजिक सञ्जाल परिचालन तर्फ संयोजक रामजि जिसि, सहसंयोजक अजय केसी, झन्डा ब्यानर प्रचारप्रसार उपसमितिमा टेक बहादुर मगर, राम लामा, सम्पूर्ण टोल कार्य उपसमितिमा ज्ञानेन्द्र नेपाली, दलित सुकुम्बासी परिचालन उपसमितिमा प्रकाश परियारलाई तोकेको छ । भेलाले जनगुनासो उपसमिति तर्फ महेश कार्की, महिला संघ आमा समूह परिचालन उपसमिति संयोजकमा इन्द्र माया, सह–समयोजक रमा थापा, क्षेत्रीय प्रतिनिधि परिचालनमा माया बराल लाई जिम्मेवारी दिइएको प्रचारप्रसार सहसंयोजक अजय केसीले जानकारी दिनुभयो । ईकाई सभापती दिवश कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रम सबिना भन्डारी क्षेत्रीले संचालन गर्नुभएको थियो । भेलामा कांग्रेस महाधिवेशन प्रतिनिधि सरस्वती गुरुङ, माया बराल, क्षेत्रीय प्रतिनिधि किरण अधिकारीले लगायतले कांग्रेस उम्मेदवारलाई अत्यधिक मत सहित बिजयी गराउन सम्पुर्ण वडावासी मतदातालाई अनुरोध गरे । पोखरा १४ मा कांग्रेसबाट वडाध्यक्षमा बोध बहादुर कार्की, पुरूष खुल्ला तर्फ कृष्णहरी काफ्ले र नेत्र बहादुर तिमिल्सिना, महिला खुल्ला सदस्य दिलमाया गुरुङ र दलित महिला सदस्य तनुजा सिके चुनावी मैदानमा छन् ।

Advertisment