गठबन्धनका उम्मेदवारलाई मत दिन शुक्रराज शर्माको आह्ववान

स्याङ्जा २५ कात्तिक । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संबिधानको रक्षा र मुलुको दिगो विकासका लागि लोकतान्त्रिक बामगठबन्धन बनेको बताए ।
नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालयमा शुक्रवार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस सभापति शर्माले प्रतिगमन र भ्रष्टाचारी स्वरुप देखिएपछि त्यसका बिरुद्धमा गठबन्धन जन्मन वाध्य भएको सुनाए। गठबन्धनका निर्णय मानेर निर्वाचनमा जुट्न समेत उनले सुझाव दिए।
दुई÷तिहाईको सरकारको नेतृत्व गरेको नेकपा एमाले र तत्कालिन प्रधानमन्त्री केपी ओलीले जनअपेक्षित काम नसकेपछि लोकतान्त्रिक बामगठबन्धनले सरकार संचालन गरेको बताएका छन्। मुलुकको आर्थिक तथा सामाजिक परिवर्तनसंगै विकासका लागि गठबन्धनलाई बिजयी गराउन समेत उनको आग्रह छ।
सत्तामा बस्न र रमाउनका लागि गठबन्धन बनेको नभई मुलुकको विकास र समृद्धीका लागि साझा संकल्प सहित लोकतान्त्रिक गठबन्धन अघि बढेको उनले बताए। लोकतन्त्रवादी र बामपन्थीले आआफना क्षेत्रगत उम्मेदवारका चुनाव चिन्हमा इमान्दारितापूर्व मतदान गर्दै गठबन्धनको उदेश्य पुरा गर्र्न आग्रह गरे।
‘कांग्रेसले ल्याएको नयां संकल्प मध्ये ३÷७३ ले सबै हितमा रहेकोछ।’ उनले भने, ‘तीन बर्ष मुनिका र ७३ बर्ष माथिका सबैका लागि निशुल्क स्वास्थ्य सेवा अतिउत्तम संकल्प हो।’
उनका अनुसार, ‘सबैभन्दा बढी खर्च स्वास्थ्योपचारमा हुन्छ। जीवनभर कमाएको आर्जन स्वास्थ्य बिग्रीयो भने क्षणभरमै सकिन्छ। तसर्थ कांग्रेसको उदार नीति बमोजिम यस्ता शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य, आवास, पर्यटन लगायका बिबिधि संकल्प रहेका छन्। तिनीहरुलाई घरघरमा पु¥याएर जानकारी गराउनु हामी सबै कार्यकर्ताको दायित्व हो।’
सिंहदरवारमा पुगेका ब्यक्ति धनी हुने र जनता जस्ताको तस्तै रहने प्रवृत्ति अन्त्य गर्दै निर्वाचित जनप्रतिनिधि मालिक होइन अब सेवक बनेर सिंहदरवार जानु पर्नेमा जोड दिए।
कार्यक्रममा कार्यवाहक सभापति केदार काफले,सचिव दामोदार लम्साल लगायतले चुनावी अभियानका बारेमा जानकारी गराएका थिए भने कांग्रेस नेता प्रदीप पौडेलले मुलुकमा लोकतान्त्रिक गठबन्धनको आवश्यकता अझै रहेकाले आफनो उम्मेदवारी निस्क्रियपारी गठबन्धनका पक्षमा आएको बताए।
यसैगरी, सदरमुकामपछि वालिङ्मा पनि कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको थियो। वालिङ्मा आयोजित कार्यक्रममा सभापति शर्मा लगायतका कांग्रेस नेता तथा कार्यकर्ताहरुले चुनावी अभियानका बारेमा जिज्ञासा एवं सुझाव दिएका थिए।

Advertisment