जानकी माविको एक बर्षे शैक्षिक कार्यपात्रो लोकार्पण

हरिप्रसाद बास्तोाला
पोखरा ५ बैशाख (रासस) ः जानकी माध्यमिक विद्यालय पोखरा १७ महतगौडाको शैक्षिक कार्यपात्रो लोकार्पण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यका साथ एक बर्षे कार्यपत्रो प्रकाशन गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कार्यपत्रोको लोकार्पण गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न पात्रो कोशेढुङ्का सावित हुने वताउनुभयो ।

राज्यको ठूलो लगानी भएको शिक्षा क्षेत्रले अपेक्षा अनुसारको परिणाम दिन नसकेकोको बताउँदै उहाँले प्रकाशित पात्रोमा गरिएका प्रतिवद्धता पुरा गर्न सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख सोमनाथ भण्डारीले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन यातायातका साधन खरिद र दिवाखाजामा महानगरले समय सापेक्षित सहयोग गर्ने जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक अर्जुन कडेल, वन विज्ञान संयोजक शंकरराज भण्डारी, प्रेमबहादुर थापा, शिक्षक तुलसी गिरी लगायतले शिक्षाको महत्व र शैक्षिक सुधारका बारेमा चर्चा गर्नुभएको थियो ।

Advertisment