अन्नपुर्णमा बास्केटबल संघ गठन, अध्यक्षमा घान्द्रुकका कृपाश्वर चयन

श्रावण ३१,
पोखरा । नेपाल बास्केटबल संघ अन्नपुर्ण गाउंपालिका स्तरिय समिती गठन गरिएको छ । गाऊंपालिका अध्यक्ष बिष्णु बहादुर के.सी को अध्यक्षतामा सम्पन्न भेलाले घान्द्रुकका कृपाश्वर गुरुङ लाई नेपाल बास्केटवल संघ अन्नपुर्ण गाउंपालिका समिती
को अध्यक्षमा चयन गरिएको छ ।
त्यसैगरि उपाध्यक्षमा- राजेश तुलाचन, सचिव जयन्ती गुरुङ
सह-सचिव बिश्वास गुरुङ कोषाध्यक्ष दिपिका गुरुङ लाई चयन गरिएको छ ।
त्यसैगरि सदस्यहरुमा अतिश मल्ल, सुवास गुरुङ प्रदिप गुरुङ सुरेन्द्र पुन गरबुजा, सुरेश गुरुङ र रामकाजी गुरुङ लाई सर्वसम्मत चयन गरिएको छ ।

भेलामा बोल्नुहुंदै गण्डकी प्रदेश खेलकुद बिकास समितीका उपाध्यक्ष एवं बास्केटवल संघ कास्कीका अध्यक्ष ध्वज कुमार गुरुङले खेलकुदको माध्यम बाट स्थानिय मात्र नभई राष्ट्रिय स्तरमा समेत अगाडी बढ्नुपर्ने धारणा राखेका थिए ।कार्यक्रममा गाउंपालिका अध्यक्ष बिष्णु बहादुर के.सी ले अन्नपुर्णमा बास्केटवल खेलको प्रवर्द्दन गर्न गाउंपालिकाले कुनै कसर बांकी नराख्ने बताएका थिए ।
नेपाल बास्केटवल संघ का केन्द्रिय उपाध्यक्ष जुम गुरुङको उपस्थितीमा भएको कार्यक्रममा नवनियुक्त अध्यक्ष कृपाश्वर गुरुङले पालिका भित्र बास्केटवलको स्तरलाई बृद्दि गराउन आफ्नो समिती कृयाशिल रहने प्रतिबद्दता जनाएका थिए ।

Advertisment