सिधानेका यामवहादुरलाई पन्चासे हर्पन डॉडा युके समाजको सहयोग

पौष १६, पोखरा ।
आर्थिक अवस्था कमजोर भई विरामी भएका पोखरा-२३ , सिधानेका यामवहादुर गुरूङलाई पन्चासे हर्पन डॉडा युके समाजले आर्थिक सहयोग गरेको छ । पन्चासे हर्पन डॉडा युके समाजको विशेष पहलमा संकलन गरिएको ९ लाख २५ हजार ३ सय ३४ रूपैयाँ समाजका अध्यक्ष देउकाजी गुरूङले सोमवार हस्तान्तरण गर्नुभएको छ ।

याम गुरूङको गत मंसिर ८ गते मनमोहन अस्पतालमा अप्रेशन गरि देव्रे खुट्टा काटिएको थियो। आर्थिक अवस्था कमजोर भएका ४० वर्षीय याम वहादुर गुरूङ गांउमै किसानी काम गर्दै आउनुभएको छ ।

समाजले विशेष गरि सिधाने, कुद्वीडांडा, दमदमे र मकानपुरका ४ गाउंका नागरिकका लागि विभिन्न आर्थिक सहयोग गर्दै आएको छ । युके समाजले शैक्षिक, सामाजिक तथा अन्य क्षेत्रमा महत्वपूर्ण सहयोग समेत गर्दै आएको छ । कोराना कहरको समयमा पनि स्थानीय गाँउमा उल्लेखनिय राहत वितरण गरेको थियो ।

Advertisment