उम्मेदवार सहित गठबन्धनको पत्रकार सम्मेलन

पोखरा, २९ पुस । सत्तापक्षीय गठबन्धनका नेताहरूले संविधानको रक्षासँगै मुलुकको समृद्धि नै गठबन्धनको मुख्य उद्देश्य भएको बताउनुुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा चुनाव प्रचारप्रसार

समिति, सत्तापक्षीय गठबन्धन गण्डकी प्रदेशका तर्फबाट आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले गठबन्धन मुलुकको आवश्यकता भएको बताउनुभयो ।
सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) र पदमबहादुर परियार(तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) लाई उम्मेदवारका रुपमा अघि सारिएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान प्रदत्त सार्वभौम जनताको अधिकारलाई मजवुद बनाउँदै मुलुकलाई समृद्धिको यात्रामा हिडाउनु सत्ता पक्षीय गठबन्धनमा आवद्ध राजनीतिक दलको मुख्य उद्देश्य भएको बताउनुभयो ।
नेकपा एकिकृत समाजवादी गण्डकी प्रदेशका कावा अध्यक्ष श्रीनाथ बरालले मुलुकमा अस्थिरता निम्त्याउने संविधान विरोधी गतिविधि गर्ने, प्रतिगिमन र अधिनायकवादलाई प्रश्रय दिने क्रम अझै पनि जारी रहेको बताउँदै संविधानको रक्षा एवम् देशको समृद्धिका लागि राजनीतिक दलहरूबीचको एकता आवश्यक भएको बताउनुुभयो ।
कार्यक्रममा सत्तापक्षीय गठबन्धनका उम्मेदवारहरू किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र मनरुपा शर्माले राष्ट्रिय सभाको गरिमा र महत्वलाई प्रभावकारी बनाउँदै संविधानको रक्षा एवम् देशको समृद्धि र विकासका लागि महत्वपूर्ण भूमिका खेल्नका लागि सत्तापक्षीय गठबन्धनका तर्फबाट आँफूहरू उम्मेदवार भएको बताउनुभयो ।
निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा प्रचारप्रसार मुल समिति र नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा निर्वाचन व्यवस्थापन उप समिति गठन गरिएको नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुुभयो । उहाँका अनुसार निर्वाचन प्रचारप्रसार समितिले यही माघ २ गतेदेखि ९ गतेसम्म प्रदेश अन्तर्गतका जिल्लामा मतदातासँगको भेटघाट कार्यक्रम तय गरेको छ ।

Advertisment