पोखरा । नेपाली कांग्रेसको भातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ स्थापना भएको २६ बर्ष पछि ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।महाधिवेशनमा “संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन” नाराका साथ २०८१ असार ११, १२ र १३ गते प्रज्ञा भवन, कमलादी काठमाडौमा सम्पन्न भएको हो ।
ऐतिहासिक प्रथम महाधिवेशन समुदघाटन प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको थियो । समारोहमा उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ, महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापा, महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङदेम्बे, पूर्व उपसभापति एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य एवं आदिवासी जनजाति बिभाग प्रमुख दिलमान पाख्रिन, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सिता गुरुङ लागायतका केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापतिहरु, भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुको समेत आतित्थ्यमा उद्घाटन भएको थियो । महाधिवेशनमा केन्द्रीय तदर्थ समिती, आवद्ध संघ, अध्यक्षबाट मनोनीत एवं १६५ निर्वाचन क्षेत्र निर्वाचित १३२७ जना महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको निर्वाचन समितीले जनाएको छ । ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न नेपाली काङ्ग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र केन्द्रीय सदस्य एवं आदिवासी जनजाति बिभाग प्रमुख दिलमान पाख्रिनलाई सहजीकरण एंव समन्वयको जिम्मेवारी दिएको थियो । बिनोद गुरुङको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य कुशुमदेवि थापामगर र नरेश ताम्राकार सदस्य रहेको निर्वाचन केन्द्रीय समितिले महासंघको विधान २०७९ बमोजिम सर्वसम्मत रुपमा केन्द्रीय कार्यसमिति चयन गरिएको थियो ।
निर्वाचित केन्द्रीय कार्यसमिति
पदाधिकारी;
अध्यक्ष ओमबहादुर घर्तिमगर, उपाध्यक्ष युवराज गुरुङ, मनमोहन बुढाथोकी छन्त्याल, बिश्वदिप लिङदेन, महामन्त्री रामजी कोङरेन, मनहरी श्रेष्ठ, जगतबहादुर बराम, सहमहामन्त्री दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुति कुमाल, अभिशेष चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, खेम चेपाङ, मनोज सिंह दनुवार र तेज बहादुर धिमाल ।
केन्द्रीय सदस्य;
कोशी प्रदेश
पासाङ शेर्पा, धनकुमारी मगर, टेकबहादुर गुरुङ, पदम निङ्लेखु लिम्बु, केदार सिं गुरुङ, सिला तामाङ, प्रतिक्षा राई, लोकबहादुर समालमगर, सुबास लिम्बु, हरिदेबी भुजेल, भगीमान गुरुङ, सुनिता कुमारी उराँव सन्थाल, प्रेमराज तुम्बाहाङ्फे, थामन लामा, खिम तामाङ ।
मधेश प्रदेश
अमिर लामा मोक्तान, प्रतिक्षा महर्जन, धनकुमारी पुलामी मगर, लिल बहादुर गोले, जंग बहादुर दास थारु, बिजय कुमार मंडल, चन्दा लामा, चन्द्रिका कुमारी मगर ।
बाग्मती प्रदेश
तीर्थ लामा, आङटेण्डी शेर्पा, मदनलाल श्रेष्ठ, केसाङ्मु शेर्पा, अर्जुन कुमार गुरुङ, सानुराम घले, मोहन कुमार तामाङ, पशुपति गुरुङ, लक्ष्मीमाया थिङ, खड्गबहादुर वाइवा, साबित्री थापामगर, जीतबहादुर तामाङ, सरिता श्रेष्ठ, हिरालाल शाक्य, इन्द्रमाया लामा, योमाया तामाङ, ठाकुर कुमाल, सरिता राना थापामगर, मोहन लाल तामाङ, आकाश लामा, महेन्द्र थापामगर, चन्द्र कुमार तामाङ, राजु कुशुम लामा, बाबुराम तामाङ, तेजप्रसाद गुरुङ, इन्द्रबहादुर लामा, कृपा श्रेष्ठ, प्रेम कुमारी तामाङ, हिमाल तामाङ, रिजन मर्हजन, सूर्य श्रेष्ठ, बिजय लामा ।
गण्डकी प्रदेश
रेनुका काउछामगर, राजु गुरुङ, माया रानामगर, देब कुमार मानन्धर, बिक्रमबहादुर सारुमगर, गौमाया खण्डलुक मगर, भीमबहादुर गुरुङ, कृष्णकुमार गुरुङ, नरजंग घर्तिमगर, खेम बहादुर गुरुङ ।
लुम्बिनी प्रदेश
टोपबहादुर थापामगर, सावित्रा रानामगर, सिता श्रेष्ठ, थानबहादुर कुँवरमगर, रुपमाया पुन, टिचन गुरुङ, खगेश्वर थापामगर, रामबहादुर रानामगर, होमबहादुर शेरचन, प्रमोद बहादुर श्रेष्ठ ।
कर्णाली प्रदेश
हस्त पुनमगर, नन्द बहादुर गुरुङ, कुनज्याप तामाङ, दुर्गा कुमारी श्रेष्ठ, तिलक मर्साङ्गीमगर, मानबहादुर बुढामगर, अमर बहादुर रौकामगर, बलिमाया बुढामगर, भदे बुढामगर, प्रेमबहादुर राम्जालीमगर, पवित्रा थापामगर पुन, धनबहादुर घर्तिमगर, निमा छिरिङ ।
- सूदुरपश्चिमाञ्चल प्रदेश
बासुदेव सिंह ऐतवाल, खड्ग बहादुर बुढामगर, बसन्तीदेवी थापामगर, संजय कुमार बैध ।
१५ पदाधिकारी सहित १०८ सदस्सीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै भव्यताका साथ महाधिवेशन सम्पन्न
केन्द्रीय निर्वाचन समिति संयोजक विनोदकुमार गुरुङले प्जारेस बिज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
।


