सरकारमा जाने तयारीमा रहेको उन्मुक्त्तिको संसदीय दलको नेताबाट रञ्जिता आउट, चौधरी ईन !

पोखरा, असार १७ गते । बर्तमान प्रचण्ड सरकारमा सहभागी हुने तयारीमा रहनुभएका नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेताबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको छ ।

पार्टी संसदीय दलको बैठकले दलको नेता र प्रमुख सचेतक फेरेको छ ।  आइतबार बसेको बैठकले दलको नेतामा गङ्गाराम चौधरी र प्रमुख सचेतकमा लालवीर चौधरीलाई चयन गरेको छ । योसँगै यस अघि सचेतक रहनु भएका अरुणकुमार चौधरीलाई पनि हटाइएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबिच पार्टी सञ्चालनका विषयमा मतभेद चलिरहेको छ । सुदूरपश्चिम प्रदेशमा अध्यक्ष पक्षका दुई जना मन्त्री छन् भने संरक्षक पक्षका पाँच जना विपक्षी बेन्चमा छन् ।

Advertisment