२४ भदौ, पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाल आदिवासी जनजाति समुदाय कांग्रेसको मेरुदण्ड भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकी प्रदेश समितिको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै शर्माले यस्तो बताउनुभएको हो ।
‘कांग्रेस र जनजाति कुनै पृथक चिज होइन्, अलग होइनन्, कांग्रेस जनजाति हो, जनजाति भनेको कांग्रेस हो, कांग्रेस र जनजातिको सम्बन्ध नङ र मासुको जस्तै छ’, सभापति शर्माले भन्नुभो, ‘ २००७ सालको आन्दोलन सुरु गर्दा धेरै जनजातिहरु इन्डियन,बिट्रिस आर्मीमा भर्ना भएका थिए उनीहरुलाई जोडेर मुक्ति सेना निर्माण गरेर उनीहरुलाई अगाडि सारेर २००७ सालको क्रान्तिको प्रारम्भ भएको हो, त्यसैले आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड हो ।’
प्रदेश सभापति शर्माले कांग्रेस लोकतन्त्र, प्रजातान्त्रिक पार्टी भएकाले गलत गर्ने नेताको खुलेर विरोध गरेपनि पार्टीको निर्देशनमा चल्दै आएको दावी समेत गर्नुभयो ।
गण्डकी प्रदेशका अर्थमन्त्री एवम् नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले अन्य भातृसंगठनले महाधिवेशन गर्न नसक्दा समयमा नै महाधिवेशन गरेर पार्टीलाई सन्देश दिएको बताउनुभयो ।
‘संगठन निर्माण र विस्तारमा हामीले धेरै चुनौतीको सामना गर्दै आएका छौं, यो अवस्थामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले तोकेकै समयमा महाधिवेशन गरेर पार्टीलाई सन्देश समेत दिएको छ, गुरुङले अगाडी भन्नुभयो, ‘यस महासंघले नेपाली कांग्रेसको अन्य भातृसंगठनलाई समेत समयमा नै महाधिवेशन गरेर पार्टीलाई थप बलियो बनाउन समेत सन्देश दिएको छ ।’
कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष ओमबहादुर घर्ति मगरले आदिवासी जनजातिका लागि पार्टीमा १७ बुँदे माग समेत राखेको बताउनुभयो ।
‘ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति केन्द्रिय महासंघले काठमाडौंमा दुई दिन प्रशिक्षण कार्यक्रम राखेको थियो, त्यस कार्यक्रमबाट हामीले आदिवासी जनजाति समुदायको लागि१७ बुँदे माग पार्टीमा राखेका छौं’, घर्तिले थप्नुभयो, ‘हामीले राखेको १७ बुँदे मागमा पार्टी सभापति देखि महामन्त्रीद्धयसँग समेत छलफल गरेका छौं, हामीले द्धन्द्ध पनि मेटिने र पहिचान भेटिने गरी पार्टीमा माग राखेको छौं ।’ त्यसैगरि गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङले आदिवासी, जनजातीहरुका सम्बन्धमा राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा भएका सन्धी सम्झौतामा भएको हस्ताक्षरलाई स्मरण गरिरहंदा पार्टीका साथीहरु बाटै नकारात्मक ढंगले प्रचार गरिएको दुखेसो गर्नुहुंदै कांग्रेस महासमिती सदस्य समेत रहनुभएका सांसद गुरुङले भन्नुभयो स्थानिय, ग्रामिण तहका समस्यालाई पनि उजागार गर्न आफुहरु सकृय रहेको भनाई राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघमा केन्द्रिय समिति र जिल्ला समितिलाई सम्मान र नवनिर्वाचित गण्डकी प्रदेश समितिलाई पदस्थापन समेत गरिएको थियो ।
कार्यक्रम नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष जीबहादुर गुरुङको अध्यक्षता र सचिव क्याप्टेन बुद्धिबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शारदा पौडेल, गण्डकी प्रदेशका महामन्त्री बिष्णु प्रसाद लामिछाने, पुर्बमन्त्री यज्ञ बहादुर थापा, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, नेता आई बहादुर गुरुङ माछापुच्छ्रे गाउंपालिका अध्यक्ष मिन बहादुर गुरुङ, महिला नेतृ सकुन्तला गुरुङ लगायतले आदिवासी जनजातीहरुको ईमान्दारिता र लगनसिलताले नै पार्टी संगठन तथा समाजमा राम्रो प्रभाव राख्न सफल हुंदै आएको धारणा राखेको थियो ।
आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड होः शुक्रराज शर्मा प्रदेश सभापति कांग्रेस
२५ भाद्र २०८१, मंगलवार
100
Advertisment