पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै एक नाले भरुवा बन्दुक सहित १ जना मानिस पक्राउ गरेको जानकारी दिएको छ ।
२०८१।११।१० गते २ बजेको समयमा कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं.०८ बस्ने ५९ वर्षका मान बहादुर वि.क.ले अवैध रुपमा हातहतियार तथा खरखजानालुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोली पक्राउ गरेको जनाएको छ ।
निजको घरकोठा रितपुर्वक खानतलासी गर्दा अबैध रुपमा राखिएको एक नाले भरुवा बन्दुक २ थान, सोही बन्दुकमा लाग्ने बारुदजस्तो देखिने कालो पदार्थ समेत फेला पारी हातहतियार तथा बारुद समेत नियान्त्रणमा लिई बि.क लाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ । हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको समेत कासेकी प्रहरीको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।