पोखरा । नेपाल भुतपूर्व सैनिक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन प्रयागराज भण्डारीको नेतृत्वमा सर्वसम्मत ३५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
महासचिवमा दानबहादुर भुजेल, कोषाध्यक्षमा रामप्रसाद तामाङ रहेका छन् भने सदस्यहरुमा टोपबहादुर खत्री, पदमबहादुर पौडेल क्षेत्री, मानबहादुर थापा, हर्क बहादुर भुजेल, क्षेत्र जंग भण्डारी, पदमबहादुर विक, आस्को गुरुङ, तोकबहादुर क्षेत्री, चोकबहादुर गुरुङ, डोलबहादुर थापा, दिलिप शर्मा पौडेल, परशुराम गुरुङ, सुर्यबहादुर हमाल, निरबहादुर मल्ल ठकुरी, सालिग्राम खड्का, भिमबहादुर केसी, रविन्द्र गर्वुजा पुन, जिवन्धर चापागाई,, नन्दबहादुर विक, गणेबहादुर गुरुङ, भगवति कुमाल, धु्रव प्रताप मल्ल, जगत बहादुर बोहोरा, मोमबहादुर रोका मगर, सुब्बा पन्त, धर्मध्वज गुरुङ, चन्द्रमाया गुरुङ, बलबहादुर थापा, मिनबहादुर गुरुङ, खम्बा सिंह गुरुङ र गुनाखर न्यौपाने रहेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेपाल भुतपूर्व सैनिक संघका बिभाग प्रमुख एवम् पुर्व परराष्ट मन्त्री एनपी साउदले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै नेता साउदले नेपालमा प्रजातन्त्र स्थापनादेखि हालसम्म भूपू सैनिकहरुको राष्ट्रलाई ठूलो योगदान दिएको बताएका थिए । उनले नेपालमा भएका हरेक क्रान्तिमा सक्रिय रुपमा काम गर्दै आएको र जब राज्यलाई संकटको अवस्था सृजना हुन्छ त्यतिबेला भुुपु सैनिकहरु अग्रमोर्चामा रहेर काम गरेको उल्लेख गरे ।
भारतिय र व्रिटिस सेनामा स्थापनाकालिन भर्तिको बारेमा जानकारी गराउँदै नेपाली कांग्रेस र भुपु सैनिकको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध भएको र पार्टीको मेरुदण्डको रुपमा रहेको बताए ।
नेपाली कांग्रेस गम्भीर अवस्थामा रहेको, भातृ संघहरुको समयमा निर्वाचन नहुँदा पार्टीलाई असर पारेको उनको भनाई रहेको थियो । त्यसैगरी पार्टीलाई कुनै योगदान नदिइकन आफूले पद मात्र खोज्ने प्रवृतिमा अहिले देखिएको हुँदा सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउँदै युवाहरुले पनि थप जिम्मेवारी खोज्ने भन्दा पनि पाएको जिम्मेवारी इमान्दारीताका काम गर्न अनुरोध गरेका थिए ।
नेता एनपी साउदले सुरक्षा निकायजस्ता संस्थाहरूसँग सम्बन्धित ऐन–कानुन बनाउँदा सरकार दुईतिहाइको दम्भमा बस्नु नहुने बताएका छन् । उनले दुईतिहाइको दम्भ देखाएर सरकारले सुरक्षा निकायजस्ता संस्थाहरूसँग सम्बन्धित ऐन–कानुन बनाउनु नहुने बताएका हुन् ।
‘सुरक्षा निकाय जस्तो गम्भीर विषयसँग सम्बन्धित विधेयकहरू दुईतिहाइको सरकारले ल्याउँदा सयभन्दा बढी सांसदहरूले संशोधन हालिसकेका छन्, नेता साउदले भने, ‘सरकारले ल्याएको जुन विधेयकमा सांसदहरूको क्वीक प्रतिक्रिया भएको छ । सुरक्षा निकाय जस्ता संस्थाहरूका बारेमा सरकार दुईतिहाइको दम्भमा बस्नु हुँदैन ।’
सुरक्षा निकायमा ‘चेन अफ कमान्ड’ कमजोर हुने गरी निजमति प्रशासनमा अधिकार राख्ने विषयले सुरक्षा निकायमा पर्न सक्ने दूरगामी असरका बारेमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिए ।
‘यस्तो बेलामा सरकार संवेदनशील हुनुपर्छ । यसले मुलुकको बाह्य सुरक्षा र आन्तरिक सुरक्षा पनि प्रभावित गर्न सक्ने भएको हुनाले चेन अफ कमान्ड कमजोर हुने गरेर निजमति प्रशासनमा अधिकार राख्ने कुराले सुरक्षा निकायहरूमा दूरगामी रुपमा के असर पर्ने हो भन्ने कुरामा गम्भीर छलफल, बहस हुन जरुरी छ,’ उनले भने ।
नेता साउदले संविधान संशोधनसहितका सात बुँदामा सहमति गरेर कांग्रेस–एमालेको सरकार गठन भएको सात महिना बितिसक्दा पनि संशोधनका लागि पहल नभएको पनि बताए ।
‘अहिलेको सरकार दुईतिहाइको सरकार छ । सात बुँदे सहमति गरेर सरकार गठन भएको हो । सात बुँदेको महत्वपूर्ण बुँदा के हो भने हामी संविधान संशोधन गर्ने भन्ने नै हो,’ उनले भने, ‘संविधान संशोधन गर्ने कुरामा सात–आठ महिना भइसक्यो, कसैले कलमसम्म चलाएको छैन ।’
साउदले संविधानमै १० वर्षमा पुनरावलोकन गर्ने भनेर उल्लेख गरिएको स्मरण गर्दै संविधान संशोधनको प्रक्रियामा अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘संविधान संशोधनको प्रक्रियालाई पहिले टुंगोमा पु¥याएर, त्यसपछि विभिन्न विधेयकहरू ल्याएर ऐनहरू बनाएर संशोधित संविधानअनुसार अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘संविधान संशोधन पछि र ऐन अगाडि आयो भने अहिले पास गरेको ऐनको दफामा भोलि संशोधन भइदियो भने ऐन फेरि पनि पंगु हुने अवस्था छ ।’
त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भुपु सैनिकको नाममा लालपुर्जा रहेको जमिनमा सुकुम्वासी बस्ती बस्नुको बारेमा चासो राखेका थिए । उनले सुकुम्वासीको समस्या समाधानमा राज्यले अर्को व्यवस्था गर्नुपर्ने र भुपु सैनिकहरुलाई न्याय दिनुपर्ने बताए ।
त्यसैगरी सभापति शर्माले भने, कांग्रेसले प्रजातन्त्रमा विश्वास गर्छ, कांग्रेसले प्रजातन्त्र छोडे कसैको पनि भविष्य नरहने बताउँदै भुपु सैनिकको सुरक्षा नेपाली कांग्रेसले गर्ने भनाई रहेको थियो । प्रजातन्त्रमा जनता मालिक हुने र प्रतिनिधि र नेताहरु सेवक हुन्छन् भन्दै प्रजातन्त्रको ठाउँमा लोकतन्त्र राखेर नेपाली कांग्रेसले आफ्नो विरासत गुमाएको जानकारी गराएका थिए ।
विरासतमा फर्काउन नेपाली कांग्रेस गण्डकी प्रदेशले अभियान ल्याएको बताउँदै सभापति शर्माले राष्टियता, प्रजातन्त्र, समाजवाद, संघियता बचाउन गर्न मात्र जानियो भने कांग्रेस सँग प्रतिस्पर्धा गर्ने अर्को कुनै पार्टी नरहने उनको जिकिर रहेको थियो ।
प्रजातन्त्रमा अधिकारको बाडफाड हुने बताउँदै सभापति शर्माले भने, ‘संघियतामा अधिकार पाइएन भनेर अहिले जताततै गुनासो आएको छ । अघिकारको तत्लो भन्दा तल्लो तहमा पुराउने व्यवस्थाको नाम प्रजातन्त्र हो।’
भुपु सैनिकले जनमत संग्रहमा, पञ्चायत व्यवस्थाको विरोधमा, निर्वाचनमा कांग्रेस विजयी गराउनमा साथ दिएकोले फेरी एकपटक कांग्रेसको विरासतमा फर्काउन साथ दिइ सहयोग गर्न सबैलाई सभापति शर्माले आग्रह गरेका थिए । उनले भने, ‘नेपाली जनतालाई, भुपु सैनिकको भावना, त्याग र तपस्यालाई हामीले अवमुल्यन गरेका छौं, सत्ता नै सर्वोपरी मान्नु, सत्ता प्राप्तीको लागि आफ्ना विरासत गुमाउनु र कहिले एमाले, कहिले माओवादी सँग मिलेर चुनावमा होमिन पर्दा गुनासो मात्रै पोख्नपर्ने अवस्थामा अहिलो आएको छ ।’, शर्माले भने ।
त्यसैगरी सभापति शर्माले, चिनले सगरमाथा हाम्रो हो भनेर नक्सा बनाउदा वीपी कोइरालाले प्रमाण पेश गरेपछि पछि हटेको उदाहरण दिँदै प्रमाण कहाँ छ थाहै छैन, विना प्रमाण चुच्चे नक्सा हाम्रो हो भनेर संसदमा पास गरेको र भारतले नेपालको हैन भनेको छ । हामी प्रमाण पेश गर्न सक्दैनौ । प्रमाण पेश गरेर हाम्रो भन्न किन सक्दैनौ ? भन्दै प्रश्न गरेका थिए ।, झगडा गरेर शासन नचल्ने भन्दै समाधानको विधि भनेको छलफलबाट नै हुने उनको भनाइ रहेको थियो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द शाह, गुरु बराल, शारदा पौडेल लगायतले पार्टीलाई एकवद्धता गर्न सबै लाग्नुपर्ने भनाई रहेको थियो । भने नेपाल भुतपुर्व सैनिक संघका केन्द्रीय अध्यक्ष मेघराज टण्डन, गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङ, आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष जितबहादुर गुरुङ, भुपु सैनिक केशबहादुर गुरुङ, कृष्णबहादुर खत्री, नेपाली कांग्रेस कास्की २ का सभापति केशरप्रसाद निर्दोषी, पोखरा महानगरका सभापति सुरेन्द्रमान विजुक्छे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गण्डकी प्रदेश अध्यक्ष प्रयाग राज भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम दानबहादुर भुजेलले सञ्चालन गरेका थिए ।