ब्रिटिस क्याम्प पोखरामा जेपी क्रसको १०० वर्षको जन्मोत्सव मनाईयो

पोखरा । ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णल जे.पी. क्रसले शनिबारदेखि १ सय वर्ष पार गर्नुभएको अवसरमा पोखरामा भव्य रुपमा जन्मोत्सव मनाइएको जानकारी प्राप्त भएको छ ।

ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जेपी क्रसको जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोहका बिच मनाइएको हो । कार्यक्रममा बेलायती नागरिक रब फेन, भुतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरू उपस्थित रहेको जनाएको छ ।

ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णल ड्यान रेक्स एम भी ओले यस महत्वपूर्ण कार्यक्रम पोखरास्थित क्याम्पमा मात्र सिमित नभएर बाहिर सम्पूर्ण ब्रिगेड अफ गोर्खाज र ब्रिटिश सेनामा पनि प्रतिध्वनित भएको स्मरण गराउनुभयो । ‘जे.पी. साहेबसँगको सम्बन्धमा गर्व गर्ने धेरै नेपालीहरूले पनि यो क्षण नजिकबाट हेरिरहेको र आफुलाई यस अवसरसँग सम्बन्धित गराइरहेका छन्,’ वहांको भनाई रहेको थियो ।

जेपी क्रस हाल आफ्नो धर्मपुत्र र परिवारसँग पोखरामा जीवन बिताइरहनुभएको छ । वहांको वास्तविक नाम जन फिलिप क्रस ओ बी ई हो । वहां नेपालमा बस्न थालेदेखि नेपाली समुदायले जे.पी. क्रस भनेर चिन्दछन ।

करिब ४० वर्षसम्म ब्रिटिश गोर्खामा सेवा गर्नुभएको वहां सेवाबाट अवकाशपछि विगत ४९ वर्षदेखि नेपालमा बस्दै आउनुभएक र केही वर्ष अघि मात्रै नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । अहिले आफूलाई ‘बेलायतमा जन्मेका नेपाली’ भन्न रुचाउने क्रस ८० वर्षअघि २१ वर्षको उमेरमा ब्रिटिश सेनाका साथ पहिलो पटक नेपाल आएको स्मरण गर्नुहुन्छ ।

वहांले आफ्नो जीवनभरको सैन्य सेवा र ज्ञानबारे १९ वटा पुस्तक लेखेनुभएको छ भने  आफ्ना टिप्पणी तथा संस्मरणहरूमा सधैं गोर्खाहरूलाई उच्च सम्मानमा राख्दै आउनुभएको छ । नेपाल, यहाँका मानिस र गोर्खालीहरूप्रतिको लगावले नेपाल र गोर्खा समुदायमा वहांको नामलाई स्थायी बनाएको छ ।

गोर्खा सैनिक र लेखकको रूपमा आफ्नो विशिष्ट उपलब्धी बाहेक वहां जंगलयुद्ध र प्रति–विद्रोहका विशेषज्ञका रूपमा चिनिनुहुन्छ । जसले प्रहरी अधिकारी, रक्षा सहचारी र गोर्खा भर्ती अधिकारीको रूपमा अनुभव प्राप्त वहांको कृतिहरूमा व्यक्त गरिएको ज्ञानले सैन्य संसारमा राम्रो पहिचान कमाएको छ ।  ।

वहां एक उच्च दक्ष भाषाविद्को रपमा समेत परिचात हुनुहुन्छ , जो नेपाली र यसका विभिन्न भाषामा धाराप्रवाह देखिन्छ ।

वहांले पोखरा क्षेत्रको बास्केटबलको बिकासका लागी अक्षयकोष समेत स्थापना गरि ठुलो योगदान पुरया्उनुभएको छ । बास्केटबल संघले प्रत्येक बर्ष जेपी क्रस खुल्ला बास्केटबल प्रतियोगिता गर्दै आएको छ जसका कारण पनि यहांका युवा पुस्तामा समेत उत्तिकै सम्मानित र परिचित ब्यक्तिकोरुपमा रहनुभएको छ ।

सैन्यकालमा बर्मा, इन्डो–चाइना, मलाया, बोर्नियो, पाकिस्तान, भारत, हङकङ, र नेपाल लगायत अन्य क्षेत्रहरूमा सेवा गरेका गर्नुभएकै कारण पनि वहांको १०० औं जन्मोत्सव बिशेष रहेको समाचार प्राप्त भएको छ ।

Advertisment