पोखरामा बस दुर्घटना,वडाध्यक्ष बरालको सकृयताले तत्काल उपचार

पोखरा । पोखरा महानगरपालिका १३ आर्बाको मणीदीप बाट महेन्द्रपुलतर्फ आउँदै गरेको ग १ ख ४०२७ नम्बरको बस धुंवाखोला स्थित मडकेल्लां भन्ने ठाउंमा आईपुग्दा  ब्रेक फ्रेल भई दुर्घटना भएको समाचार प्राप्त भएको छ ।

दुर्घटनामा २३ जना घाइते भएका छन् । घाईतेहरुलाई पोखरा(१३ वडाध्यक्ष किरण बरालले तत्कालै आफ्नै गाडी र २ वटा एम्बुलेन्स ब्यवस्था गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएका छन ।

जसमध्ये सामान्य घाइते १२ जनाको प्राथमिक उपचारपछि डिस्चार्ज भइरहेका छन् भने १० जनाको उपचार भइरहेको छ ।

स्थानीयका अनुसार वडाध्यक्ष बरालले तत्कालै स्वास्थ्य संस्थामा उपचारका लागि पुर्‍याउन नेतृत्व लिँदा ठूलो क्षति हुन पाएन ।

ड्राईभरको कुशलताका कारण ठुलो क्षति हुनबाट जोगिएको स्थानिय समेत रहेका पत्रकार शिरोमणी बरालले युनाईटेड खबरलाई जानकारी दिएका छन । आर्बाको साझामा निवासी टंक देवकोटाको छोरी माईत आएको बेला घांस काटेर सोही बसमा फर्किएको अवस्थामा बा, छोरी नै दुर्घटनामा परेको पत्रकार बरालले जानकारी दिए ।

बस अनियन्त्रित भएर दुर्घटना भएको र ४ जनाको अवस्था मध्यम रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

Advertisment