पोखरा। बरिष्ठ समाजसेवी मेजर दिल बहादुर गुरुड पत्नी शोकमा परेको छ । उहाँकी ८३ वर्षीया धर्मपत्नी मायादेवी गुरुङको पोखरास्थित फिसटेल अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो।
केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत गुरुङको निधन भएको जानकारी उहाँकी छोरी एवं एमाले नेतृ मीना कुमारी गुरुङले दिनुभएको छ।
तीन छोरी र दुई छोरा मध्ये जेठी छोरी एमाले नेतृ मीना कुमारी गुरुङ, जेठो छोरा क्रिकेट क्यान कास्कीका पुर्बउपाध्यक्ष एवं पूर्वक्रिकेटर देवीप्रसाद गुरुङ, उहाँका कान्छा छोरा हङकङ तथा माईली छोरी अमेरिकामा बसोबास गर्दै आएका र उहाँहरू अन्त्येष्टिका लागि नेपाल आएसंगै आइतबार अन्त्येष्टि कार्यक्रम तय गरिएको पारिवारिक स्रोतले जनाएको छ।
आइतबार बिहान पोखरास्थित बगालेटोल घरमा धार्मिक विधि अनुसार सिमिकैं पुजा गरेपछि बिहान ११:०० बजे शवयात्रा निकालिने छ। त्यसपछि बौद्ध परम्परानुसार रामघाटस्थित अर्घौ सदनमा उहाँको अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।




