पोखरा उद्योग बाणिज्य संघ चुनावमा लोकतान्त्रिक प्यानललाई राप्रपा व्यवसायीहरुको साथ

पोखरा २९ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पोखरा उद्योग बाणिज्य संघको चुनावमा लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको छ ।
जिल्ला कार्यसमिति कास्कीको शुक्रवार वसेको नियमति बैठकले पार्टीमा आस्था राख्ने सम्पुर्ण व्यवसायीहरुलाई लोकतान्त्रिक गठबन्धनलाई सघाउन आग्रह गरेको छ । राप्रपा कास्कीका सहसचिव सूर्य वास्तोलाले निर्माण ब्यवसायी संघ कास्कीको चुनावमा पनि राप्रपा लोकतान्त्रिक प्यानलमा संग सहकार्य गरेर उम्मेदवारी दिएको भन्दै उद्योग वाणिज्य संघको चुनावमा पनि लोकतान्त्रिक प्यानललाई सहयोग गर्ने निर्णय भएको बताए ।
लामो समय व्यवसाय क्षेत्रमा रहेर कार्य गरेका अनुभवी व्यक्तिहरु सम्मेलित प्यानल रहेकाले व्यवसायीहरुको हक हित र अधिकारका कुरामा लोकतान्त्रिक प्यानल प्रतिवद्ध रहेको समेत उनले बताए । लोकतान्त्रिक प्यानललाई विजय गराउन राप्रपाका व्यवसायीलाई चुनावमा लाग्न समेत उनको आग्रह छ । पोखरा उद्योग वाणिज्य संघको अगामी असोज ५ र ६ गते हुने अधिवेशनमा रविन्सन प्रजुको अध्यक्षतामा लोकतान्त्रिक प्यानलमा चुनावमा होमिएको छ । प्रजु प्यानल यत्तिबेला पोखराका व्यवसायीहरु संग भोग माग्न व्यस्त छन् ।
यसै बिच शुक्रबार नै बसेको पार्टीको बैठकले पार्टी संचालनका लागि तथा कार्यकर्ताहरुलाई सहकारी मार्फत विभिन्न आर्थिक कृयाकलापहरुमा सहभागी गराउनको लागि एक सहकारी स्थापना गर्ने निर्णय गरेको छ । बैठकले असिल कुमार शाहीको संयोजकत्वमा पछि सदस्यहरु नियुक्त गर्ने गरी सहकारी स्थापनाको लागि आवश्यक पहल गर्ने उपसमिति समेत निर्माण गरेको हो ।
त्यस्तै, कार्यालय व्यवस्थापनको लागि नारायण गुरुङको संयोजकत्वमा अफिस व्यवस्थापन उपसमिति समेत गठन गरेको छ ।

Advertisment