एन्फा कास्की अध्यक्षलाई हातपात गरेका दिपक मनाङ्गे बिरुद्व जिप्रकामा उजुरी दिन एन्फा पदाधिकारी जिप्रकामा

पाेखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेपछि पाेखरामा गर्मागर्मी बढेकाे छ ।

पोखरा महानगरपालिका भण्डारढिक खेल मैदानमा मंगलबार देखी सुरु भएको प्रथम मुख्यमन्त्री कपको सन्दर्भमा उद्वघाटनकाे मुखैमा मनाङगेले हातपात गरेकाे एन्फा कास्की अध्यक्ष मिलन गुरुङले बताएका छन् । उता दिपक मनाङ्गेले पनि अाफुले हातपात गरेकाे कुरा सञ्चार माध्यममा स्वीकारेका छन् । हातपातका बिरुद्व मंगलबार सांझ जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिन एन्फा कास्कीका पदाधिकारी तथा पाेखराका ठुलाे संख्यामा युवाहरु जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन् ।

एन्फा कास्की अध्यक्ष गुरुङलाई प्रदेश सांसद गुरुङले मनाङ बाट अाएका टिमकाे बिषयलाई लिएर तथानाम गाली गरेकाे र अाफुले भाेली बुधवार मात्रै मनाङकाे खेल रहेकाे हुनाले निय अनुसार खेल खेलेकाे रात एन्फाले खर्च ब्याेहाेर्ने जानकारी गरिरहंदा एक्कासि मुक्का र एक लात्ती हानेको मनाङ्गे माथि अाराेप छ । मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङकाे स्वागतका लागि लाईनमा बसिरहेका बेला मनाङ्गेले हात हालेकाे बताईन्छ ।
आजबाट सुरु भएको उक्त गण्डकी प्रदेश स्तरिय कपमा ११ जिल्ला मध्येबाट कुल ९ टिमको सहभागिता रहेको छ । सो प्रतियोगिताको बिजेता टिमले ५ लाख र उपबिजेता टिमले ३ लाख प्राप्त गर्नेछ । यसैबिच एक अपुष्ट समाचार अनुसार एन्फा कास्की अध्यक्ष मिलन गुरुङ माथि हातपात भएकाे समाचार बाहिरिन साथ पाेखराका गुरुङ संघ,संस्थाहरुले सांसद मनाङ्गे लाई कारबाही गर्नुपर्ने माग सहित प्रशासन घेराउ गर्ने तयारी गरिरहेकाे समाचार छ । मिलन बिगतमा तमु धिं मा सकृय थिए भने उनकाे बुवा तिल बहादुर गुरुङ तमु धिं नेपालकाे क्षेत्रिय अध्यक्ष (फुलबारी तमु समाज) हुन ।
फाेटाे : एजेन्सी

Advertisment