प्रभु बैंकको एकै दिन तीन शाखा सञ्चालनमा

अन्तिम पौडेल
पोखरा । प्रभु बैंकले पोखरा महाँनगरपालिकामा बुधबार एकै दिन तीन वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।। बैंकले आफ्नो बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्कीको पोखरामहानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक विन्दावासीनी शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले उद्घाटन गरेकी हुन् । पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेख बहादुर तामाङ्गले उद्घाटन गरेका हुन् । त्यसैगरी, पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले उद्घाटन गरेका हुन् ।

आजैदेखि सञ्चालनमा आएका प्रभु बैंक पोखरा महानगरपालिका भित्रका बिन्दावासीनी,अर्घौँचोक र बाँझापाटन शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, समग्र पोखरा महानगरपालिकको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

पोखरा महानगरपालिकाकामा सञ्चालनमा ल्याएका थप ३ वटा शाखा कार्यालयहरु पश्चात् अब प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ । हालसम्म बैंकले १५७ वटा एटीएम, ४३ वटा एक्स्टेन्सन काउण्टरहरुको सञ्जाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याई सर्वसाधारणहरुलई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

साथै बैंकको गण्डकी प्रदेशमा मात्रै ४४ वटा शाखा सञ्चालनमा रहेका छन् ।

Advertisment