नियमित सेक्स गर्दा के के छन त फाईदा ?

एजेन्सी । हाम्रो समाजमा अझैपनि सेक्सका बारेमा खुलेर कुरा गर्न सकिदैन् । तर, सत्य के हो भने नियमित सेक्स स्वस्थ स्वास्थ्यका लागि महत्वपूर्ण पाटो हो । सेक्सले ब्लड प्रेसर कम गर्छ र कोलस्ट्रोलमा पनि सुधार हुन्छ । सर्वेक्षणका अनुसार नियमित सेक्सले हर्टअट्याक अर्थात हृदयघात र स्ट्रोकको सम्भावनालाई ५० प्रतिशतले कम गर्छ । जो मानिस नियमित सेक्स गर्छन उनीहरु कम विरामी हुन्छन् । सर्वेक्षणका अनुसार नियमित सेक्स गर्दा मानिस शारीरिक रुपमा मात्रै नभई मानसिक रुपमा पनि स्वस्थ रहने उल्लेख छ ।

सेक्सले इम्यून सिस्टम बढाउँछ:
शोधकर्ताका अनुसार सेक्स गर्नुभन्दा केही समय पहिला व्यायाम गरेमा तपाईको स्वास्थ्यमा सकारात्मक असर पर्छ यसका साथै एकदमै एनर्जेटिक अर्थात उर्जावान र फ्रेस महसुस गर्नुहुन्छ । स्वस्थ रहनका लागि र राम्रो स्वास्थ्यका लागि सेक्स एकदमै महत्वपूर्ण हुन्छ । सेक्सले तपाईको शरीरको इम्यून सिस्टम बढाउँछ जसबाट तपाई कम विरामी हुनहुन्छ ।

कामेच्छा (काम गर्ने इच्छा) बढाउँछ:
सेक्सले तपाईलाई आनन्दको अनुभव मात्रै गराउँदैन यसले तपाईको कामेच्छालाई पनि बढाउँछ । महिलाहरुमा सेक्स गर्ने समयमा सेक्स योनी स्नेहक, रक्तसञ्चार बढाउँछ जसले सेक्सको आनन्द दिनेमात्रै होइन फिजिकली रुपमा पनि फिट राख्छ ।

महिलाहरुको ब्लाडर कन्ट्रोल गर्नमा मद्दतगार:
सेक्स महिलाहरुका लागि कतिपय अवस्थामा एकदमै फाइदाजनक हुन्छ । यसका अतिरिक्त ब्लाडर कन्ट्रोल अर्थात मूत्राशय नियन्त्रणको क्षमता बढाउँछ । सेक्सले महिलाहरुको मांसपेशीहरु मजबुद बनाउछ । जब सेक्सको समयमा महिलाहरु (ओरगाज्म) पूर्णता हासिल (पूर्ण सन्तुष्टि) गर्छिन त्यो क्रममा भएको स्रावले उनीहरुको मांसपेशीहरुलाई मजबुत बताउने गर्छ ।

सेक्सले ब्लड प्रेसर कम गर्छ:
भर्खरै भएको यो अनुसन्धान अनुसार सेक्स र ब्लड प्रेसर (उच्च रक्तचाप)को एक आपसमा अन्तरसम्बन्ध हुन्छ । सेक्स तपाईको ब्लड प्रेसरलाई सन्तुलित गर्नमा मद्दतगार हुन्छ । यसले तपाईको ब्लड प्रेसर कम गर्नमा महत्वपूर्ण भुमिका निभाउँछ ।

सेक्स हो एक महत्वपूर्ण कसरत:
कसरत र सेक्सलाई एक–अर्काका परिपुरकका रुपमा पनि लिइन्छ । कनकि जहाँ ब्यायामबाट चुस्त फूर्ती मिल्छ र सेक्सबाट तन मन स्वस्थ् रहन्छ । स्वस्थ सेक्सका लागि सकारात्मक सोचको जरुरी हुन्छ । सेक्स गर्दा हरेक मिनेटमा पाँच क्यालोरीको बर्न(जन्म) हुन्छ । सेक्सले तपाईको शरीरको रोग प्रतिरोधक क्षमता बढाउँछ जसले तपाई कम विरामी हुनुहन्छ । सेक्सले तपाईको शरीरमा पर्याप्त व्यायामको भुमिका निभाउँछ जसको शरीरलाई पूर्ण रुपमा ठिक राख्छ ।

हर्ट अट्याकको खतरा कम गर्छ:
सेक्स तपाईको मुटुको लागि महत्वपूर्ण छ । सेक्स गरिरहदा हर्ट अट्याकको खतरा कम हुन्छ । नियमित सेक्सले हर्ट अट्याक र स्ट्रोकको सम्भावनालाई ५० प्रतिशतले कम गर्छ । साथै सेक्स गर्नाले एस्ट्रोजन र टेस्टोस्टेरोन सन्तुलित राख्छ । जानकारका अनुसार हप्तामा दुईपटक सेक्स गर्दा हर्ट अट्याक (हृदयघात)को सम्भावना कम हुँदै जान्छ ।

दुःखाई कम गर्छ सेक्सले:
सेक्सले दुःखाई कम गर्छ । केही सेक्स अनुसन्धानकर्ता भन्छन् कि एस्पिरिनको औषधि (गोली) खानुभन्दा सेक्स गर्नु बढी फाइदाजनक हो । यसकारण शरीरका कैयौ दुःखाई दूर गर्नका लागि गोलीको सट्टा सेक्स गर्नु बढी फाइदाजनक हुनेछ ।

प्रोस्टेट (मृगौला) क्यान्सरको सम्भावनालाई कम गर्छ:
सेक्स गर्दा तपाईको शरीर फिट हुनुका साथै मृगौला क्यान्सरको सम्भावना पनि कम हुँदै जान्छ । पुरुष जो महिनामा करिब २१ पटक सेक्स गर्छन उनीहरुमा प्रास्टेट क्यान्सरको सम्भावना कम हुँदै जान्छ ।

राम्रो निद्रा लाग्छ:
सेक्सका बेला आनन्दको अनूभुतिका साथै थकान पनि हुन्छ । जसले राम्रो निन्द्रा पर्छ । पुरुषहरुलाई सेक्स गरिसकेपछि तुरुन्तै निन्द्रा लाग्छ । सेक्सका बेला पुरुषहरुको शरीरमा ओक्सिटोसीन हार्माेन र प्रोलेक्टिन हार्माेनका स्त्राव बढ्छ । ओक्सिटोसीन हार्माेनले पुरुषहरुलाई आरामको महसुस गराउँछ । जबकी प्रोलेक्टिन हार्माेनका कारण उनीहरुलाई निन्द्रा लाग्छ ।

तनाव(टेन्सन) कम गर्छ:
सेक्सले तनाव कम गर्छ । सेक्स गर्ने समय फेरप्लेका क्रममा मायाले भरिएको स्पर्शले अंगालो हाल्नाले, सेक्सको क्रममा चरम आनन्दको अनुभव गर्नाले फिल गुड हार्माेन शरीरमा पैदा हुन्छ । यसले मनको तनाव कम गर्छ कनकि यसले मनमा शान्ति मिल्छ । एक अर्कासँग भेट हुँदा पनि तपाईको तनाव कम हुन्छ र एक अपूर्व आनन्दको अनुभव हुन्छ । यसकारण सेक्स तनाव कम गर्नमा मद्दतगार छ ।

फाेटाे – एजेन्सी

Advertisment