एनआइसी एसियाद्वारा विद्यालयलाई सहयोग

फागुन २०, लेखनाथ । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले मंगलबार पोखरा–३२ राजाको चौतारा स्थित ब्रह्मरुपा माविलाई वाटर डिस्पेन्सर प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विद्यालयलाई सहयोग प्रदान गरेको हो ।
सहयोग हस्तान्तरण गर्दै बैंकका प्रदेश प्रमुख दिपेन्द्र शर्माले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको र आफ्ना निक्षेप योजनामा आम ग्राहक महानुभावहरुलाई चमत्कारिक फाइदाहरु सहित न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु ल्याएको वताए ।
योजना अन्तर्गत सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी रु. २१ लाख सम्मको बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, निःशुल्क डेबिट कार्ड, निःशुल्क क्रेडिट कार्ड, देशभरका कुनैपनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका ३० चमत्कारिक फाइदाहरु ग्राहकहरुले प्राप्त गर्ने शर्माले जानकारी दिए ।
बैंकले गरेको सहयोगले विद्यालयलाई निकै राहत महसुस भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी तिवारीले बताए । उनले सामाजिक कार्य गरेर बैंकले विश्वसनीयता बढाएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे । विद्यालयका सम्पूर्ण कर्मचारीले एनआइसी एसियाको लेखनाथ शाखा, तालचोकमा तलब बचत खाता सञ्चालन गरिरहेका छन् ।
बिमा बापतको रकम हस्तान्तरण
यस्तै बैंकले अमरसिद्ध नमुना मा.वि. पोखरा–३१ पचभैयामा कार्यरत प्रधानाध्यापक विष्णुप्रसाद पौडेललाई मेडिकल इन्स्युरेन्स बापतको रकम हस्तान्तरण गरेको छ । बैंकले सञ्चालन गरेको सुपर–चमत्कारिक तलब बचत खाता खोल्ने ग्राहकलाई दिदै आएको बिमा सुविधा बापतको रकम हस्तान्तरण गरेको हो ।
बैंकका प्रदेश उप–प्रमुख स्वेता शेरचनले एक कार्यक्रमकाबीच पौडेललाई ४३ हजार ४३६ रुपैयाँको चेक हस्तान्तरण गरिन । दुर्घटनाको कारणले पेल्भीक बोनको उपचार गरेबापत बिमा दावी गरेका पौडेलले उक्त रकम प्राप्त गरेका हुन् ।
बैंकले गत वैशाखबाट सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको थियो । उक्त योजना अन्तर्गत संस्थागत तलब बचत खाता खोल्ने ग्राहकले १ लाख ५० हजार रुपैयाँसम्मको मेडिकल बिमा सेवा प्राप्त गर्दै आइरहेको शेरचनले जानकारी दिईन ।
बैंकले तीन चमत्कारिक बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । यो सेवा अन्तर्गत ग्राहकलाई दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा असक्त भएका १० लाख रुपैयाँसम्मको बिमा सुविधा र एक लाख रुपैयाँसम्मको मेडिकल बिमा सुविधा प्रदान गर्दै आइरहेको उप–प्रमुख शेरचनले जानकारी दिईन । बैंकले १८ वटा घातकरोग बिमासेवा पनि प्रदान गरिरहेको छ ।
देशभर ३ सय १३ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले गण्डकी प्रदेशमा ३१ वटा शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ । २२ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisment