जन्मदिनको अवसरमा बीमा उपहार

अन्तिम पौडेल । पोखरा-१० चैत्र
लामो समय दक्षिण कोरियामा रोजगार गरी स्वदेश फर्केर आईएमई लाईफ इन्स्योरेन्स कम्पनी पोखरा शाखामा अभिकर्ताका रुपमा कार्यरत श्री भक्त शेरचनले आफ्नो श्रीमतीको जन्मदिनको अवसर पारी बीमा उपहार प्रदान गर्नुभएको छ । बीमामा जनचेतना अभिवृद्धि हुदै गएको वर्तमान स्थितिमा उहाँले यस्तो निर्णय लिनु सान्दर्भिक रहको देखिन्छ ।
आफूले २० वर्षे सानो रकमको बीमा गरिसकेको र त्यसको प्रतिफल समेत लिएको बताउँदै जीवनमा बीमाको महत्व ठूलो रहेको हुँदा आफ्नो जीवन सङ्गिनीको समेत बीमा गराएको उहाँले बताउँनु भयो । बिकसित मलुकहरुमा बीमा सबैको जीवनमा अभिन्न अंग भैसकेको थाहा पाएर नै आफूले जीवन सङ्गिनीको जन्मदिन पारी बीमा उपहार दिएकोमा खुशी व्यक्त गरे ।
मानव जीवनमा विपत्ति वा जाखिमका थुप्रै सम्भावना आउन सक्छन्, व्यक्तिगत दुर्घटना भई क्षति हुन सक्छ, यसरी अनिश्चित जोखिम बीमा कम्पनीमा हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा भएको बताउँदै पोखरा शाखा प्रमुख कृष्ण पौडेलले समाजमा उल्लेख्नीय कार्य गरेको वताए । बीमालेख हस्तान्तरणका अवसरमा उनले जोखिमबाट नेपाल जस्तो विकासन्मुख मुलुकमात्र होइन विकसित देशहरु पनि सुरक्षित छैनन्, प्रविधि र आधुनिकताको विकासले जति सहज र सरल हुँदै गइरहेको छ त्यतिकै जोखिम पनि बढिरहेको छ l भन्दै वर्तमान परिपे्रक्ष्यमा विभिन्न प्रकारका भवितव्य, दुर्घटनाबाट सिर्जित क्षतिको न्यूनीकरण गर्न एंव मानिसको जीवनमा आवश्यक पर्ने बचतको ब्यबस्था गर्न बीमा एक उपयुक्त माध्यम समेत रहेको उहाँले जोड दिए । यस अवसरमा समाजसेवी एवम् एजेन्सी म्यानेजर बिकल शेरचनले बीमाको मुख्य काम भनेको भविष्यमा आइपर्ने मानवीय जोखिममा सुरक्षा प्रदान गर्नु नै रहेकाले भक्त दाइले लिएको सोच र कार्यलाई सबै नेपालीले अनशरण गर्नुपर्नेमा जोड दिए ।

Advertisment