लामडाडाका मृगौला पीडितलाई ९ लाख ५७ हजार सहयोग हस्तान्तरण

हुम तमु
पोखरा, २७ भदौ।
स्याङ्जा जिल्ला, अर्जुनचौपारी वडा नं.२ लामडाडाका मृगौला पीडितसहित दीर्घ स्वास्थ्य समस्यामा रहेका ५ जनालाई शनिबार ९ लाख ५७ हजार ५८२ रुपैया सहयोग हस्तान्तरण गरिएको छ।
स्याङ्जा जिल्ला, अर्जुनचौपारी वडा नं.२ लामडाडाबाट पोखरा आइ बसोबास गर्नेहरुको हालै स्थापित साझा संस्था लामडाडा सम्पर्क समाज पोखराले शनिवार पोखरा १० रामबजारस्थित भमरकोट पार्टी प्यालेसमा मृगौला पीडितहरु डिलबहादुर गुरुङ, सुस्मिता गुरुङ, चौमाया गुरुङ, अपांग एवम सुगर प्रेसरबाट स्वास्थ्य समस्यामा रहेका दुर्गाबहादुर र रुकबहादुर गुरुङलाई स्वास्थ्योपचारका लागि सहयोग हस्तान्तरण गरिएको हो।

सम्पर्क समाजका सदस्यहरु र विभिन्न सहयोगदाताहरुबाट ४लाख ८३ हजार ३७० रुपैया, लामडाडाका चेलिबेटीहरुबाट १ लाख ४ हजार २१० रुपैया गरी ५ लाख ८७ हजार ५८० र तीनजना मृगौला पीडितलाई छिमेकी गाँउ स्याङ्जा चिउरीखर्क समन्वय समितिले स्पेनबाट प्राप्त ३ लाख ७० हजार २ रुपैया समेत गरी ९ लाख ५७ हजार ५८२ रुपैया सहयोग गरिएको कार्यक्रममा समितिका सचिव प्रितम गुरुङले जानकारी दिनुभयो।

उहाँका अनुसार समाज र र चेलिबेटीहरुबाट संकलित रकम मध्ये पीडित डिलबहादुर गुरुङलाई १ लाख ३५ हजार, सुस्मिता गुरुङलाई १ लाख ३५ हजार, चौमाया गुरुङलाई १ लाख २ रुपैया, दीर्घ स्वास्थ्य समस्या रहेका रुकबहादुर गुरुङलाई ५० हजार र अपांग एवम दीर्घ स्वास्थ्य समस्या रहेका दुर्गाबहादुर गुरुङलाई समाजका अध्यक्ष क्या.टेकबहादुर गुरुङले बितरण गर्नुभएको थियो । यसरी नै पीडित चौमाया गुरुङलाई कतारबाट शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पठाईएको ५९ हजार रुपैया शक्षक गीताकुमारी गुरुङले र भ्याली स्पोट्र्स क्लवका तर्फबाट क्लबका सदस्यका आमा चौमायाको उपचार सहयोगार्थ संकलित रकम ८१ हजार ५०५ रुपैया भ्याली स्पोट्र्स क्लबका सदस्य डबिन गुरुङले हस्तान्तरण गर्नुभएको थियो।

लामडाडा सम्पर्क समाज पोखराका अध्यक्ष क्या.टेकबहादुर गुरुङको अध्यक्षता र सचिब प्रितम गुरुङको सम्पन्न कार्यक्रममास्याङजा जिल्ला, भिरकोट ७ स्थित स्याङजा चिउरीखर्क समन्वय समितिले छिमेकी गाँउ अर्जुनचौपारी गाउपालिका वडा नं.२ लामडाडाका तीन जना तमु मृगौला पीडितहरुलाई दोश्रो चरणको सहयोग हस्तान्तरण गरेको थियो।
दिग्दर्शन युवा क्लव लामडाँडाले फेसबुक पेज सदुपयोग गर्दै आर्थिक अवस्था कमजोर भएका तीन जना मृगौला पीडितलाई सहयोगको आव्हान पश्चात छिमेकी गाँउलेहरुको संस्था स्याङजा चिउरीखर्क समन्वय समितिले पहिलो चरणमा केही दिन अघि २ लाख ९१ हजार २१८ सहयोग हस्तान्तरण गरेको थियो भने शनिवार दोश्रो चरणको सहयोग अन्र्तगत ३ लाख ७० हजार २ रुपैया मृगौला पीडितहरुलाई सहयोग हस्तान्तरण गरेको हो।
शनिवार पोखरा १० रामबजारस्थित भमरकोट पार्टी प्यालेसमा लामडाडा सम्पर्क समाज पोखराद्धारा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा चिउरीखर्क समन्वय समितिका अध्यक्ष रबिन्द्रकुमार गुरुङले चिउरीखर्क गाँउ भई स्पेन निवासी समन्वय समितिका संस्थापक भिसाम कुमार गुरुङ(अनिल)को पहलमा संकलित ३ लाख ७० हजार २ रुपैया तीन जना मृगौला पीडितहरुलाई उपचारार्थ सहयोग हस्तान्तरण गरिएको हो।उक्त रकम संकलनमा तमु समाज स्पेन, स्याङ्जा सहयोग समाज स्पेन र स्पेनवासी सहयोगदाताहरुको सहयोग रहेको पहलकर्ता भिसाम गुरुङले जानकारी दिनुभयो।
अध्यक्ष गुरुङले पीडित डिलबहादुर गुरुङलाई १ लाख ३५ हजार, पीडित सुस्मिता गुरुङका लागि ससुरा खर्कबहादुर गुरुङमार्फत १ लाख ३५ हजार र पीडित चौमाया गुरुङलाई १ लाख २ रुपैया सहयोग हस्तान्तरण गर्नुभएको हो।
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष गुरुङले पीडितहरुलाई शीघ्र स्वास्थ्यलाभको कानमना गर्नुहुदै चिउरीखर्कका तर्फबाट युकेमा चन्द्रबहादुर गुरुङ पहलमा उपचारार्थ सहयोग संकलन भईरहेको र केही दिनमा सहयोग हस्तान्तरण गरिने जानकारी दिनुभयो।
दोश्रो चरणको सहयोग हस्तान्तरणका लागि अध्यक्षका साथमा चिउरीखर्क समन्वय समितिकी कोषाध्यक्ष धनमाया गुरुङ, दिग्दर्शन युवा क्लब लामडाडाका सचिव गंगाबहादुर गुरुङ, भिसाम गुरुङको भाई चुबिन गुरुङ लामडाडा सम्पर्क समाजद्धारा आयोजित रकम हस्तान्तरण कार्यक्रममा सहभागीता रहेको थियो।

Advertisment