युथ कम्युनिटी क्लव ७७ वटै जिल्लामा गठन गरिने

Ycc Nepal को दोश्रो साधारण सभा सम्पन्न

पोखरा १९ असोज ।

युथ कम्युनिटी क्लव Snj Ycc Nepal को दोश्रो साधारण सभा सम्पन्न भएको छ । हालै सम्पन्न दोश्रो साधारण सभाले क्लवको विधान संसोधन गरि कास्की जिल्ला मात्र नभई ७७ वटै जिल्लामा क्लव गठन गर्ने महत्वपुर्ण निर्णय गरेको छ । त्यसैगरी ११ जना कार्यसमिति सदस्यलाई वढाएर १९ जना सदस्य वनाउने निर्णय गरेको छ ।

युवा व्यवशायीहरु विच साथ, सहयोग र सहकार्य भन्ने मुल नारा सहित स्थापना भयको युथ कम्युनिटी क्लवले हाल पोखरामा युवा व्यवशायीहरुलाई समेटेर व्यवशायको प्रवर्दन सङ्गै सामुहिक व्यवशाय समेतगर्दै आईरहेको र आगामि दिनमा नेपालको ७७ वटै जिल्लामा क्लव गठनगरि युवा व्यवशायीहरुविच एकता कायम गरि अगाडि वढ्ने क्लवको लक्ष्य रहेको कमिटिको अध्यक्ष पुर्ण श्रेष्ठले जानकारी दिए ।

क्लवका अध्यक्ष पुर्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका कोषाध्यक्ष विकास गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिएभने सचिव कृष्ण प्रसाद दहालले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गोर्खा जिल्ला संयोजक विनोद अर्याल, क्लवका सल्लाहकार हरु मिलन थापा र ओम प्रसाद दहाल,कार्यसमिति सदस्य चिन वहादुर गुरुङ , अर्का सदस्य स्नेहा गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लवका सचिव कृष्ण प्रसाद दहालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष जयन्ती मोक्तानले स्वागत मन्तव्य राखेकि थिईन । सो अवसरमा ६४ जना नया सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।

Advertisment