महादेव गुरुङलाई पुतली…

पोखरा । असोज २६, कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा गठबन्धनका उम्मेदवार बिरुद्ब बागी उम्मेदवारी दिनुभएका पुर्ब राज्यमन्त्री महादेव गुरुङले पुतली चिन्ह पाउनुभएको छ ।
नेपाली कांग्रेसमा लामो समय संलग्न नेता गुरुङले गठबन्धनका उम्मेदवार श्रीनाथ बरालविरुद्ध उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

निर्वाचन आयोगले बिहान १० बजेबाट १ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखेको भए पनि वहांको उम्मेदवारी कायमै राख्नुभएको हो । वहांलाई बुधबार निर्वाचन आयोगले पुतली चिह्न दिएको हो ।

गठबन्धनका बिरुद्द रहनुभएका गुरुङ बहुदलिय ब्यवस्था स्थापना पछिको पहिलो जिल्ला बिकास समितीको सभापति र प्रतिनिधिसभामा क्षेत्र नम्बर २ बाट बिजयी भई राज्यमन्त्री समेत भईसक्नुभएको छ ।
File photo

Advertisment