पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन: बलराम आचार्य समूहलाई जिताउन व्यवसायी र जनप्रतिनिधिको आह्वान

युनाईटेड खबर, पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ३६ औँ महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार बलराम आचार्य र उहाँको समूहलाई विजयी गराउन जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीय व्यवसायीहरूले आह्वान गरेका छन्।

हरिपाऊ ढिकीडाँडा विकास मञ्च (पोखरा-१६, कास्की) को आयोजनामा दीप गार्डेन रेष्टुरेन्ट, के.आई. सिंह पुलमा आयोजित ‘बलराम आचार्यज्यूलाई अध्यक्ष पदमा जिताऔँ अभियान’ कार्यक्रममा बोल्ने वक्ताहरूले आचार्यको सक्षम र अनुभवी नेतृत्वले उद्योग वाणिज्य संघको गरिमा र उचाइलाई अझ सुदृढ बनाउन सक्ने धारणा व्यक्त गरे।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले बलराम आचार्य संघमा निरन्तर साधारण सदस्यदेखि महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षको उम्मेदवार बनेको इतिहास रहेको उल्लेख गर्नुभयो। उहाँले आचार्य इमानदार, कर्तव्यनिष्ठ र उद्योगी-व्यवसायीका समस्यासँग नजिकबाट परिचित व्यक्ति भएकाले पोखरा उद्योग वाणिज्य संघलाई नयाँ उचाइमा पुर्‍याउन उहाँको नेतृत्व आवश्यक रहेको बताउनुभयो। वडा अध्यक्ष पाण्डेले बलराम आचार्यसहित उहाँको सिङ्गो टिमलाई नै अत्यधिक मतका साथ विजयी गराउन सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गर्नुभयो।

त्यसैगरी, पोखरा महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष अमृतराज शर्माले पोखरा उद्योग वाणिज्य संघको प्रतिष्ठा र गरिमालाई अझ उँचो बनाउन सक्षम नेतृत्वको विकल्प नरहेको बताउनुभयो। उहाँले पोखरा तथा आसपासका क्षेत्रमा रहेका पोखरा उद्योग वाणिज्य संघका सम्पूर्ण सदस्यहरूलाई बलराम आचार्य र उहाँको प्यानललाई जिताउनका लागि एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो। पोखरा उद्योग वाणिज्य संघको आगामी ३६ औँ महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार बलराम आचार्यले आफु र आफ्नो समूहलाई विजयी गराउन जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीय व्यवसायीहरूलाई आह्वान गर्नुभएको थियो ।

त्यसैगरि अध्यक्ष पदका प्रत्यासी बलराम आचार्यले पोखरा उद्योग वाणिज्य संघ यस क्षेत्रकै सबैभन्दा पुरानो र जेठो सामाजिक-व्यवसायिक संस्था भएको उल्लेख गर्दै यसको गरिमा र साखलाई थप उचाइमा पुर्‍याउन आफु कृयाशिल रहने बताउनुभयो ।

संस्थालाई अझ मजबुत बनाउन आफ्नो कार्यकालमा महत्त्वपूर्ण योगदान दिन आफु सकृय रहने र सम्पूर्ण व्यवसायीहरूको हकहितका लागि आफू सधैँ समर्पित भएर लाग्ने आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता लक्ष्मी पाण्डे क्षेत्रीले पोखराको उत्तर भेगका सक्षम व्यक्तित्वले पोखरा उद्योग वाणिज्य संघको नेतृत्व लिने ऐतिहासिक र ठूलो अवसर आएको बताउनुभयो। उहाँले उत्तर तर्फका व्यवसायी तथा सम्पूर्ण उद्योगीहरूलाई अन्य क्षेत्रबाट प्राप्त सहयोगभन्दा अझ बढी जोडदार र उत्साहजनक रूपमा समर्थनमा उत्रिन आग्रह गर्नुभयो।

स्थानीय व्यवसायी, संघ संस्थाका प्रतिनिधीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा आचार्य समूहको पक्षमा चुनावी माहोल बनाउन र घरदैलो अभियानलाई थप सशक्त बनाउने विषयमा छलफल भएको थियो। कार्यक्रम हरिपाऊ ढिकीडाँडा विकास मञ्च (पोखरा-१६, कास्की) का अध्यक्ष दिपक आचार्यको अध्यक्षतामा र सन्चालन सचिब कमल आचार्यले गर्नुभएको थियो ।

Advertisment