खेलकुदमा अनुशासन हिनता विद्यमान रहेको खेलकुद मन्त्री विश्वकर्माको भनाई, वर्ष उत्कृष्ट खेलाडि कमल र विमला

भुपाल गुरुङ,
पोखरा १८ जेठ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद क्षेत्रमा अनुशासन हिनता विद्यमान रहेको बताउनुभएको छ ।

पोखरामा तेस्रो स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले विधि, निति र नियम कायम गरिने खेलिने खेल क्षेत्र मा विकृति विसंगति व्यप्त रहेको औल्याउनुभएको हो । उहाँले खेलकुद क्षेत्रलाई अनुशासित र मर्यादित बनाउन सके मात्रै खेल क्षेत्रको विकास सम्भव रहेको ठहर गर्नुभयो ।

मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रबाट देशले अन्र्तराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने भन्दै अन्र्तराष्ट्रिय पदक तालिकामा सुधार गर्नुपर्ने चुनौति रहेको बताउनुभयो ।

पोखरामा आयोजित तेस्रो स्पोर्टस अवार्डमा पुरुष तर्फ शारीरिक सुसंगठनका कमल भण्डारी यस वर्षको उत्कृष्ट खेलाडि घोषित हुदै मोटरसाइकल प्राप्त गरेका छन भने महिला तर्फ सितोरियो करातेका विमला परियार उत्कृष्ट हुदै स्कुटर हात परेका छन । त्यसैगरी यस वर्षको उत्कृष्ट प्रशिक्षक शारीरिक सुसंगठनका जिवन घिमिरे बनेका छन भने उदयमान खेलाडिको अवार्ड त्रिकेटका मेख बहादुर शेनले प्राप्त गरेका छन् । त्यसैगरी खेलकुद क्षेत्रमा योगदान दिएको भन्दै लाइभ टाइम अचिप्मेण्टबाट प्राध्यपक डाक्टर विरेन्द्रंिसंह गुरुङलाई सम्मान गरिएको छ भने खेलकुद पत्रकारीता सम्मान बाट नागरिक दैनिकका पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । अवार्ड समारोहमा यस वर्षको उत्कृष्ट संघ अवार्ड भने कास्की जिल्ला ब्याण्डमिन्टन संघले प्राप्त गरेको छ ।

Advertisment