रजत पदक विजेता खेलाडिलाई प्रदेश सरकारको सम्मान

भुपाल गुरुङ,
पोखरा २६, भदौ ।

गण्डकी प्रदेश सरकारले एसियाली खेलकुदमा रजत पदक विजेता प्याराग्लाइडिङ् खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ ।

प्रदेश सरकारले इन्डोनेसियाको जाकार्तामा आयोजित एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा रजत पदक बिजेता नेपाली टोलीका कप्तान विमल अधिकारी, युकेश गुरुङ, सुशील गुरुङ, विजय गौतम र विशाल थापालाई जनही १र१ लाख र प्रशिक्षक, सहप्रशिक्षक र टिम व्यवस्थापकलाई जनही २५र२५ हजार नगद सहित सम्मान गरिएको हो ।
सामाजीक विकास मन्त्रालयको आयोजना पोखरामा भएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलाडिलाई सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान विमल अधिकारीले सरकारले प्याराग्लाइडिङ्ग खेलको विकासका लागि राज्यले लगानी गरे अगामी दिनमा नेपाललाई मेडल विहिन नबनाउने जिकिर गरे । उनले नेपाली खेलाडीहरुलाई खेल्ने उचित वातावरण बनाउन पनि आग्रह गरे ।यसै बिच एसियाली खेलकुदमा महिला प्याराग्लाइडिङ टोलीमा सहभागी खेलाडिहरुलाई समेत सम्मान गरिएको थियो ।

Advertisment