पहिलो मिडिया कप च्याम्पियन बवाल छ डट कम

पोखरा १४ असोज ।

प्रथम केभसिटी मिडिया कप भलिवलको उपाधी बवाल छ डटकमले हात पारेको छ । शनिवार पोखरामा सम्पन्न फाइनल खेलमा आयोजक केभसिटी मिडियालाई सोझो सेटमा पराजित गर्दै बवाल छ डट कमले प्रथम केभसिटी मिडिया कपको उपाधी हात पारेको हो । उपाधी संगै बवाल छ डटकमले नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । द्धितिय हुदै केभसिटी मिडियाले नगद २२ हजार, २ सय २२, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

स्वास्थ्य र सदभावका लागी खेलकुद भन्ने नाराका साथ सञ्चालित उक्त प्रतियोगितामा १२ वटा मिडियाको सहभागीता रहेको थियो । प्रतियोगितामा वेष्ट प्लेयरको उपाधी एबिसी टेलिभिजन गण्डकी प्रदेशका रिपोर्टर सुशान्त गाहा मगर, उत्कृष्ट सटर नागरिक दैनिक पोखराका संवाददाता बिसन क्षेत्री, उत्कृष्ट सर्वर बवाल छ डटकमका तुल बहादुर गुरुङ, उत्कृष्ट लिफ्टरको उपाधी रेडियो तरंगका प्राविधीक सुमिन सुनार र अन्नपूर्ण पोष्टले अनुशासित टीमको उपाधी हात पारे । प्रतियोगिताका विजयीहरुलाई गण्डकी प्रदेश संसद बिकास समितीका सभापति तथा पश्चिमाञ्चल खेलकुद बिकास समितीका पूर्व अध्यक्ष माननिय दीपक कोइराला, विशेष सहयोगी कृष्ण सुनार र केभसिटी मिडियाका अध्यक्ष दुर्गा प्रसाद आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पुरस्कार वितरण गर्दै प्रमुख अतिथी दीपक कोइरालाले प्रतियोगिताले खेल पर्यटनको बिकासमा विशेष टेवा पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । प्रतियोगितामा पोखरा महानगरपालिका, कृष्ण सुनार, कमल केसीको विशेष सहयोग, जिल्ला भलिवल संघ कास्की, पोखरा भलिवल ट्रेनिङ सेन्टर र राष्ट्रिय माविको प्राविधीक सहयोग रहेको थियो ।

Advertisment