प्रधानमन्त्री ओली देउवा भेट्न बूढानीलकण्ठ

काठमाडौं, वैशाख २२ गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँगेसका सभापति शेरवाहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली देउवालाई भेटे्न देउवा निवास बूढानीलकण्ठ पुग्नुभई भेटवार्ता भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।
राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहनुभएकका ओली पार्टीका नेताहरु सुवासचन्द्र नेम्वाङ, इश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा बादल लगायत लाइ लिएर देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको हो ।
सभापति देउवाले कांग्रेसका नेताहरु बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री पुर्ण बहादुर खड्का, डा शशांक कोईराला, पुर्ब महामन्त्री कृष्ण सिटौला, सहमहामन्त्री डा प्रकाशशरण महत लगायतका नेताहरु लाई प्रधानमन्त्री ओली भेट्न आउन लागेकाले बोलाउनुभएको थियो । प्रधानमन्त्रीको टोली देउवा निवास पुग्दा नपुग्दै कांग्रेसका नेताहरु बुढानिलकण्ठ पुगिसकेको समाचार रहेको छ ।

Advertisment